‘फेरियो मेरो कसम’

0
221
  • प्रकाश थापा मगर

मेरो नाम रेशम नेपाली । दलित वर्गको मानिस । अँ झ् मानिस पनि कहाँ हो र ? सेवक रे झ् खुट्टाबाट जन्मेका रे झ् ब्राम्हाण, क्षत्री र बैश्यका सेवा गर्नु उनीहरुको कत्र्तव्य हो रे झ् यस्तै गन्गन्बीच म बाँचिरहें, भनौं शरीरमा गति छ । त्यो गति कस्तो खालको छ, हँ ? म आफै दङ्दास पर्दछु । कहिलेकाहीं त यस्तो लाग्दछ कि एउटा खाल्डोबाट निस्के र तुरुन्तै अर्को खाल्टोमा खसिन्छ भने खाल्टोबाट निस्केको अर्थ नै के भयो र ? अर्थ होला ! खाल्डोमा निस्केकोमा गति भन्न सकिएला ! तर खाल्डोबाट निस्कनु भनेको के हो ? त्यो यहि हो – खाल्डोमा पर्नु गलत भयो र आगामी दिनहरुमा फेरि खाल्डोमा पर्नु हुँदैन । यसरी यो एकप्रकारको आत्मआलोचना पनि हो । विज्ञानले जुन ठाउँबाट काम शुरु गरिन्छ, पुन:त्यही ठाउँमा फर्कनुलाई कार्य नै मान्दैन भन्दछन् । यदि त्यस्तो हो भने त मेरो गति, गति नै होइन ।

मानिसले समानता चाहान्छ : आफूमाथिको शोषणबाट उम्कन चाहान्छ । अझै अगाडि बढौं– मानिस त्यसको लागि सहि बाटो रोज्छ र त्यो बाटोमा हिंड्दछ अथवा भनैं, आफूमाथीको शोषण – उत्पीडनका विरुद्ध सङ्घर्ष गर्दछ । यो मानवीय स्वभाव हो । ममा पनि त्यस्तो स्वभाव थियो । त्यही स्वभावले ममा गेयर लाग्यो – तेस्रो, दोस्रो गर्दै अगाडितीर बढ्दै गएँ । तर आज मलाई याद भैरहेको छ । म अगाडि बढ्नु भनेको त त्यसतै हो – जस्तो कि पछिल्तिर हिंडेको मानिसले जसरी अगाडि बढेको सोंच्दछ । यस्तो त हुनै सक्दैन । यो त पछाडितिर जानु हो । अगाडि बढ्नु भनेको त अगाडिको स्थितिलाई ठीक ढङग ठम्याउँनु, अगडि आइपरेका बाधाहरुलाई चिर्नु, अनि अगाडि बढ्दै जानु ……..बढ्दै जानु ।

एउटा राजनीतिक कार्यकर्ताको घरमा बसेर मैले यति कुराहरु सोंचिरहेको छु । यतिखेर मलाई सोंच्ने फूर्सद छ । पहिले सोंचने फूर्सदै हँदैनथ्यो । हरियो घासको लागि भीरतिर लम्केको गाईको जस्तो स्थितिमा । भनिन्छ, अन्धा जोशको कुनै अर्थ हुँदैन । जोशलाई ठीक ढङ्गले उपयोग गर्न सकियो भने त ठिक छ, नत्र भने त्यो जोश चियाको कपको तुफान सरह हो, जो वास्तविरुपमा तुफान नै हुँदैन ।

“रेशजी, यी विष्टहरुले तपाइलाई पिंढीमा बस्न नदिंदा तपाईलाई नराम्रो लाग्दैन ?” तीन साल पहिलेका यी शब्द त्यति नराम्रा थिएनन् । मलाई वास्तव मैं “नराम्रो” लाग्दथ्यो । मान्छेको घरमा, अझ पिंढीमा मान्छे नै बस्न नपाउँनु । जबकि कुकुर मजाले जाँतोलाई अडेस लगाएर सुतिराखेको छ, बिरालोलाई मुसारिहेका छन् । एकातिर, त्यो पशु, जसले मानवीय ब्यवहार पाइरहेको छ, अर्कोतिर म मान्छे, जसले पशुसरह ब्यवहार भुगतिरहेको छ । मैले झट्पट भनिंहाले– “हो, मलाई नराम्रो लाग्दछ, तर के गर्नु बाबु–बाजेको पालादेखिन् चलिरहको चलन ।” आज मलाई याद आइरहेको छ, त्यो प्रश्न र गम्भीरता दुवैमा इमान्दारिता थिएन, सही बाटो देखाउँने नियत थिएन ।

म झसङ्ग भएँ । जब ति साथी रमेशले भनुभयो– “अक्सर उनीहरु यस्तै मामिलामा यस्तै तरिकाले प्रस्तुत हुन्छन् ।” उहाँले अगाडि भन शरु गर्नुभयो– “उनीहरुले पहिले यस्ता कुरा गरेर मानिसलाई सङ्गठित गर्दछन्, पछि बलीको बोको बनाउँछन् । अवसरवादीहरु उपयोगितावादी हुन्छन् । जुन चिजलाई जसरी प्रयोग गर्दा आफ्ना स्वार्थ पूरा हुन्छ, उनीहरु त्यसै गर्दछन् ।” उहाँले अगाडि भनुभयो– “ए झ् म त खाली आफूले मात्र कुरा तपाइलाई सुनाइरहेको छु । भन्नुस् न, ‘लाल सेना’ मा भर्ती भइएपछि के – के गर्नुभयो ?” अनि वहाँले मेरो मुख ताक्नुभयो । यतिखेर म गम्भीर भएँ । आफ्नो कुरा आफैले, इमान्दारिताका साथ भनु त्यति सजिलो हूँदैन । सजिलो त उसलाई हुन्छ, जसले गफ हाँक्दछ, जसलाई न इमान्दारिताको कुरा, न ‘आफ्नो’ कुरो नै भनुपर्छ । उसले त भन्दै जान्छ, अथवा उसको जिब्रो जल्दै जन्छ, सास निस्कदै जान्छ । कुनै रोबोटले चलखेल गरेजस्तै ।

के – के गरें, ती सबै त भनिसाध्य छैन । तर एकाध घटना म तपाईलाई बताउँछु — मैले भनें अनि बोल्न पनि शुरु गरिंहाले ।

हामी १५ जनाजति एउटा घरमा बास माग्न गयौं । संयोगले त्यो घर दलितको रहेछ । पहीले त उनिहरुले बास दिन मानेनन् र भने– “बास दिएर मात्रै भएन, खान पनि दिनुपर्याे । साँझको पाहूँना भगवान बराबर भन्दन् । तर, घरमा चामल छैन । छोरो बेसाहा खोज्न गएको फर्केको छैन” –बुढीले कुनातिरबाट भनिन् । हामीले खाना दिनुपर्दैन भन्यौं र बास बस्यौं । तर पछि जब उनीहरुलाई हामी माओवादी हौं भने थाहा लाग्यो, उनीहरु सबै– बुहारी र छोरी समेत – खाना बनाउँन लागे । हामीले राती १२ वजेतीर खाना खायौं ।

रेशेमजी, मलाई ति बुढीको फुसफुसाहाट भर्खरैजस्तो लाग्दछ कि उनले भनेकि थिइन्– “बिउ त खोजौंला, यी माउवादीहरुलाई खाना दिंनैपर्छ । नत्र भने …………..।” बुहारी र छोरी चुप बसेकी थिइन् । अनि तुरुन्तै खाना पाकेको थियो ।

यस्तो सिलसिला चल्दै गयो । हामी गाउँका अरु घरमा बास मागेनैं । किनकि त्यो घर पुछारमा थियो, गाउँबाट अलग्गै, बनको मुखैमा । त्यसैले त्यहाँ बस्दा हामीले आफूलाई सुरक्षित ठान्दथ्यौं । तर एकदिन उसको छोरासँग हाम्रो भनाभन् भयो । उसले अब खान दिन सक्दैनौं भन्यो । हामीले दिनुपर्छ भन्यौं । भनाभन् यति चर्कियो कि उसले पुलिसलाई खबर दिन्छु भन्यो । त्यसपछि त्यहाँ हामी झसङ्ग भयौं । अब हाम्रो लागी त्यो मानिस पुलिसको सुराकीसरह थियो । त्यस दिनदेखि उनीसीत सम्बन्ध बिग्रदैं गयो । अन्तमा स्थिति यहाँसम्म पुग्यो कि हाम्रो कमाण्डरले त्यो घरबाट निस्कदै भनुभयो– “यो मान्छेको रिर्पोट एरीया पार्टीमा राख्नुपर्दछ ।” त्यसखेर मैले त्यति कुरा बुझीनँ । मामुली कुरा होला भनें, तर………।

“नआत्तिनुस् रेशमजी, सुस्तरी भन्नुस्” रेशमजिले भन्नुभयो । अनि म शान्त ढङ्गले बोल्न थालें । त्यो दिन, कमाण्डरको हातमा एउटा कागजको टुक्रा थियो । एक सर्को हेरेर वहाँले हामीलाई भनुभयो– “उसलाई जनकारवाही गर्ने आदेश आएको छ आजै हामीले त्यो काम सम्पन्न गर्नुपर्दछ ।” अनि हामी हिंड्यौं त्यो काम सम्पन्न गर्न ।

ऊ सुतेको थियो । म गएँ, उसलाई बोलाउँन । कमाण्डरले तपाई पनि दलित जानुस्, उसलाई बोलाएर ल्याउनुस् भनुभयो । मैले बोलाएर ल्याएँ । आउँदाबित्तिकै त्यो मान्छे कराउँन थाल्यो– “मैले तिमीहरुको के बिगारदिएको छु हँ ? खाना पनि दिनुपर्ने, बास पनि दिनुपर्ने, अझै भएन भनेर बेलान कुबेला निद्राबाट ब्यूँझाउँछौं……..।” कमाण्डरले इसारा गरे । अनि खच्च्याक्…………. खच्च्याक्………..साप्रामा खुकुरी बज्र्यो । त्यो मान्छे जमीनमा ढल्यो । त्यसमाथि कैंयौंपटक खुकुरीहरु ब्रजिए । रगतको भेल बग्यो । करीब पन्ध्र मिनटपछि हामी हिंड्यौं । हाम्रो काम सम्पन भएको भियो । हामीले उसलाई मरेको ठानेर छोडेका थियौं ।

धर्ति शान्त थियो । सम्भवत: यसको लागी यो आम घटना थियो । होला । तर झयाउँकिरीहरु भने कराउँन थालेका थिए । शायद उनीहरुले हाम्रो कारवाही अन्यायपूर्ण ठहर गरे । तर हामी हिंडयौं त्यहाँबाट ।

“बर्बरतार्पूर्ण कारवाही” रमेशजीको मुखबाट निस्क्यो । मलाई पनि स्मरण भयो कि मसँग अर्को साथी पनि हुनुहुन्छ ।

त्सपछि रमेशजिले मलाई तपाई उनीहरुको सङ्गठनमा कसरी लाग्नुभयो भनेर प्रश्न गर्नुभयो । “दलितहरु मान्छे हुन्, उनीहरुलाई किन पशुसरह ब्यवहार गरिन्छ ‘किनभने उनीहरुले दलितहरुलाई मान्छे नै मान्दैनन्, पशुसरह नै मान्दछन् । यदि दलितहरुले समाजमा विष्टहरुसित सँगै बस्न र उनीहरु जस्तै गरी बाँच्न त्यसता विष्टहरुलाई नशा गर्नुपर्छ ।” यिनै कुराहरु मैले उनीहरुको क्लासमा सुनेको थिएँ । त्यही क्लासमा हामीलाई सङ्गठित गरिएको थियो । तर, हामीलाई त्यो सङ्गठन माओवादिलाई समर्थन गर्ने सङ्गठन हो भन्ने थाहा थिएन । हामी त्यहि सङ्गठनमा लागिरह्यौ । पछि “सङ्ठनको निर्णय नमानेमा कारवाही हुन्छ ।” यिनै शब्दहरुबीच मेरो कदम बन्दुकको नालसम्म पुग्यो । त्यो यात्राले जब आफैलाई पानी पिलाउँने गाउँलेको छातीमा ताकियो, तब मलाई थाहा भयो मेरो यात्रा, मुतिm–यात्रा होईन, गुण्डा – यात्रासहर थियो । सङ्गठनमा लाग्दा हामीलाई कसम ख्वाईएको थियो–यो व्यवस्थालाई खतम गरेर समतमूलक समाजको स्थापना गर्नलाई ज्यान पनि दिनेछौं । त्यही कसमले हामीलाई बाँधिराख्यो आजसम्म ।

बिहानी भएको थियो । अँध्यारो कालो रात, बाघ– भालूहरुको आक्रमण हुने खतरासहितको रात पछाडी गैसेको थियो । यात्रा अप्ठ्यारो थियो । तर, बही थिएन रेशम अनायासै रातभरी हिंडीरह्यो, हिंडीरह्यो, बाघ भालूसितको खतराको पर्वाह नै नगरी । जब पहाडको चुचुरोनिर पुगेको थियौं उसलाई थाहा भयो – उसँत केवल सिपाहीहरु छन्, कमाण्डरहरु नजीकैको बस्तीमा सुरा–सुन्दरीमा मस्त थिए, सिंहसित मितेरि गाँसिरहेका थिए । साँच्चिकै उसको पछाडी कोही थिएन । उ जस्तै मानिसहरु बाहेक ।

“अब, तपाईको निर्णय के हो ?” रमेशले सोध्नुभयो ।

एकछिन सुनसान भयो । नदीलाई समुद्रमा पुग्नु नै थियो । तर उसले नेपालमा दक्षिणतिरबाट उतरतिर बगेर जापान सागरमा मिसिंने कल्पना ब्यर्थ थियो । नेपालको परिस्थितिमा नदिहरु उतरतिरबाट दक्षिणतिर नै बग्नु थियो । यसको दोबान बंगालको खाडी नै थियो । रेशमले सोंच्यो त्यो कसम, जो मैले ज्यानसम्म पनि दिने बाचा गरें, ब्यर्थ भयो । सही लक्ष्यको लागि कसम खानुपर्दछ । त्यसको लागि पुरानो बालकपनको कसमलाई बदल्नुपर्दछ । विस्तारै कुन्टो उठाउँदै रेशमले भन्यो, मन्द मुस्कानसित, ‘फेरियो मेरो कसम’………….‘फेरियो मेरो कसम’ ।

त्यो मन्द मुस्कान अर्को सही बाटो रोजेको अवसरमा निस्केको थियो । रमेशले सहजै त्यो कुरो बुझिहाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here