प्रगतिशील तीज सम्पन्न

0
587

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिद्धारा संचालित महिला विभागले प्रगतिशील तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

लक्ष्मी गुरुङको अध्यक्षता तथा रुपा कार्कीको सञ्चालनमा सम्पन्न तीजि कार्यक्रममा विभिन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात लक्ष्मी सापकोटाद्वारा स्वागत गरिएको थियो ।

कार्यक्रमको विधिवत उदघाटन महिला क्षेत्रीय विभागकि अध्यक्ष सिता सापकोटाले गर्नुभयको थियो । समारोहमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सदस्य छविलाल सापकोटा, खगी थापा, शिवलाल लामिछाने, नगर अध्यक्ष मनिराम सापकोटा, जनजाति क्षेत्रीय विभागका विलबहादुर गुरुङ, महिला विभागकि मञ्जु थापा, राजमो चितवन कि लक्ष्मी सापकोटा, मूल प्रवाहका छम कुमारी थापा र गौरी नेपाली लगायतले तीजको शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here