नारनौलमा तीज मनाइयो

0
386

नारनौल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा २०७५ को तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

भगवती सोनीको अध्यक्षता तथा झमनसिंह थापाको सञ्चालनबाट अगाडि बढेको सो तीजि कार्यक्रममा सहभागिहरुलाई सीमा सोनीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन क्षेत्रीय समितिका सहसचिव इश्वर आचार्यले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नगर अध्यक्ष कौशल बहादुर सोनी, महिला विभागकी पार्वती आचार्य, नगर समितिका दलबहादुर सोनी, नसीवपुर टोल समितिका रेशमा विक, रक्तिम क्षेत्रीय विभागका रवि थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here