नेपालगञ्जमा १५ जनामा काेराेना संक्रमणको पुष्टि, संक्रमितकाे संख्या ७५ पुग्याे

0
42

काठमाडौं । बाँके जिल्लाकाे नेपालगञ्जमा १५ जना व्यक्तिमा काेराेना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमित हुनेकाे  संख्या ७५ पुगेको छ ।

१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे सम्पर्कमा रहेका परिवारका सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । तिमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको र बाँकीकाे रिपाेट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

देवकाेटाका अनुसार संक्रमित हुनेमा ५ पुरुष र ४ महिला रहेकाछन् । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।

यसैगरी आइतबार नै पर्सा जिल्लाकाे वीरगञ्जमा पनि एक जना संक्रमित भेटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here