धेरैको देश

0
194

–गोविन्द प्रसाद आचार्य

धरैको देश भएको हेर्ने रहर जाग्य छ ।
भोलीको फुल कोपिला आज भूइँमा झर्या छ ।
कता हो कता बतास संगै देश उडी रहेको ।
मनपरी टेकी मान्छेको छाती समस्या गुडेको ।

हावाले यहाँ योजना लेख्छ लहडको कलम
लहडको कलम समस्या मेट्न लाउँदैन मलम ।
धेरैको देश उज्यालो भेष तै दिन रमाइलो ।
नराम्रो कसले सक्छ र भन्न पुषको घमाइलो ।

सीपको दीप बलेको धप्प सृजना सुन्दर ।
जाँगरले तारा खसाउने तागत मान्छेमा हुन्न र ।
कोपिला टिप्न अधेँरो डुल्छ सहन सकिन्न ।
हावा र पानी जुन घाम नभई रहन सकिन्न ।

उज्यालो डाँकी संसार सीपमा भिजेका पसिना ।
पसिना खाने थोरैले देश तर हुन असिना ।
विपतबाट विउँजेको मान्छे हारेर भाग्दैन ।
विपतिलाई आँसुको ढिका पगाल्न सक्दैन ।

सीपको विउ विरुवा कोही उखेल्न सक्दैन
समयलाई अलिक पर धकेल्न सक्दैन ।
धेरैको देशमा नवोल धावा पग्लिने असिना ।
तातेर आउँछ पसिना जब पागाल्छ असिना ।

कोइ काम गर्ने कोइ काम ठग्ने चलन यहाँ छ ।
धेरैको देश गर्नेको देश बनाउनु पर्य छ ।
कोइ टिका लाउँछन् लाभका पद चाकडी बढ्या छ ।
धरैको देश बनाउने बाटो संघर्ष खोज्या छ ।

सोतन्त्र हुन थोरैको टन्टा धेरैलाई हैरान ।
हैरानी दिने न चिने सम्म आउँदैन विहान ।
धेरैका गला बन्दछन् यहाँ खुलेर बोल्दैनन् ।
कामको मर्म बसेर खानेहरुले बुझ्दैनन ।

धेरैको हक मुठीमा राखे यो कैले देख्ने हो ।
धेरैको देश बनाउने आँखा कहिले खुल्ने हो ।
बसेर खानेहरुका कुरा सुनेर भएन ।
आऊ उठ सारा धेरैको देश नबनाई भएन ।

रगत दिने शहिदको मूल्य न खोजी भएन ।
धेरैको कामाई थोरैको रमाई यो हुन सक्दैन ।
अन्याय यस्तो देखेर पनि मानिस जागेन ।
समय अति जटिल भयो संघर्ष जागेन ।

पुर्खाका शालिक ढाल्ने र पोल्ने थोरैले गर्या छन् ।
झुटको खेती गरेर छारो आँखामा हाल्य छन् ।
भुलेर पनि झुटका पछि लागेर हुँदैन ।
आऊ उठ जुट धेरैको देश नवनाइ हुँदैन ।
समाप्त २०७५।४।१०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here