देउखुरी साहित्य मञ्च भवन निर्माणको तयारीमा जुट्दै

0
174

दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले देउखुरीको लमहीमा सभाहल सहितको आफ्नै कार्यालय भवन निर्माणको तयारीमा जुट्न थालेको छ । मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा २०७५ भदौ ९ गते देउखुरीको लमहीमा आयोजना गरिएको भेलाले भवन निर्माणको तयारीका लागि विभिन्न निर्णयहरु गरेको मञ्चले जनाएको छ ।

भेलाले लमही नगर विकास समितिले कित्ता नं. ५०९ प्लट नं. ३११ को १५ धुर घडेरी मञ्चको नाममा भवन निर्माणको स्टिमेट सहितको सम्झौता गरी २८ वर्षका लागि उपलब्ध गराएकोमा नगर विकास समितिलाई हार्दिक आभार सहित धन्यवाद प्रस्ताव पारित गरेको छ । संस्थाको कार्यालय हाललाई भक्ति थापा प्रतिष्ठान लमहीमा राख्नका लागि संस्थासाग अनुरोध गर्ने र विभिन्न निकायहरुसाग अनुरोध गरी आगामी श्रीपञ्चमीसम्म केही रकम जोहो गरी शिलान्यास कार्यक्रम राख्ने निर्णय गरेको मञ्चले जनाएको छ । आगामी दशौ–तिहारको आसपासमा संस्थाले प्रकाशन गर्दै आएको वार्षिक साहित्यिक मुखपत्र स्तम्भ प्रकाशनको तयारी गर्ने निर्णय गरेको बताइएको छ ।

त्यसैगरी, आजीवन र संस्थागत सदस्यता वितरणलाई खुल्ला गरी व्यापक आजीवन सदस्यका लागि स्वेच्छिक तीन हजार नघटाई शिलालेखन अभियान सञ्चालन गर्ने र आजीवन सदस्य वाहेकका इच्छुक व्यक्तित्वहरुका लागि पााच हजार नघटाई शिलालेखन अभियानमा संलग्न गराउने निर्णय भएको मञ्चले जनाएको छ ।

अर्धकदको तस्बिर सहित आफ्ना आफन्तको स्मरणमा शिलालेखनमा नामाङ्कन गराउने व्यक्तित्वहरुको हकमा २५ हजार नघटाई नामाङ्कन गर्ने, यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने, अभियानका रुपमा देउखुरी क्षेत्रमा रहेका संस्थागत र सामुदायिक विद्यालयलाई पााच हजारमा संस्थागत सदस्यता प्रदान गर्ने र देउखुरीका चार वटै स्थानीय तहका वडा कार्यालयमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्बद्र्धन र उन्नयनका लागि बजेट विनियोजनको लागि अनुरोध गरी चार वटै स्थानीय तहमा भवन निर्माणको प्राविधिक स्टिमेट सहितको विस्तृत प्रस्तावना पेश गरि बजेट बिनियोजन गर्न अनुरोध गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष हरि पोख्रेलले जानकारी दिए । भेलाले महासचिव निम बहादुर थापाको संयोजकत्वमा भवन निर्माण उपसमिति, अध्यक्ष हरि पोख्रेलको संयोजकत्वमा १३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति तथा देउखुरीका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालनका लागि मञ्चका वरिष्ठ उपाध्यक्ष शेर बहादुर चौधरीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको मञ्चले जनाएको छ । – शिवराज पन्थी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here