जीवन

0
272
  • नवीन बस्याल

(१)
हजारौं कष्ठ र संघर्षले बनेको हुन्छ जीवन
अनिश्चित अनवरत यात्रा भित्र हुन्छ जीवन
मुटुलाई फलाम र हातलाई जंजीर बनाएर
त्यही कठिनाई र घुमाउरो भित्र हुन्छ जीवन

(२)
धर्ती अनि आसमान बीच पनि संघर्ष हुन्छ
हावा र बजजंगन पहाड बीच संघर्ष पनि हुन्छ
घाम पानीको संघर्षले नयाँ ऋतुको प्रारम्भ हुन्छ
त्यस्तै मानवको पनि संघर्ष भित्र हुन्छ जीवन

(३)
प्रत्येक क्षण मौसम बीच पनि द्वन्द्व हुन्छ
आँधी हुरी मूसलधारे बर्षात झरी हुन्छ
बादलको अन्त तापमान चर्कीलो घाम आउँछ
त्यही संघर्ष भित्र हुन्छ जीवन

(४)
यस्तै–यस्तै संघर्ष र पिडा पछी
एउटा नयाँयुग र बिचारको प्रारम्भ हुन्छ
तापमान पछि बर्षातले बिरुवा पलाउँछ
जीवन फरक अनुभूतिले संघर्षशिल बन्छ

प्युठान, स्वर्गद्वारी नगरपालिका २
हाल इण्डिया लखनऊ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here