जापानमा जीवन शर्माको प्रस्तुति सहित रक्तिमको भव्य सांस्कृतिक कार्यक्रम

0
456

मेघराज सापकोटा ‘रिष्मेली ’

ओसाका, जापान । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माको प्रस्तुति सहित जापानको ओसाका र टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । जापान नेपाली एकता समाजको आयोजनामा, नयाँ वर्ष–२०१९ को अवसरमा सो सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सांस्कृतिक योद्दा दलबहादुर वि.क., रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरु, जापान नेपाली एकता समाजको नौमती बाजा समूह र स्थानीय नेपाली लोक कलाकारहरुको समेत प्रस्तुति रहेको दुवै स्थानको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जापान नेपाली एकता समाजले जनाएको छ । “दुवै स्थानका कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएका छन् ।” जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटाले भन्नुभयो–“नेपालबाट आउनु भएका रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्माको प्रस्तुतिले दर्शक सबैको मनमा अमिट छाप छोडेको छ । नेपालबाटै आउनु भएका रक्तिमका सचिव दलबहादुर वि.क.को प्रस्तुति पनि निकै सशक्त रह्यो । उहा“हरुको प्रस्तुतिबाट हामी निकै खुशी छौं ।” सांस्कृतिक कार्यक्रम ३१ डिसेम्बर २०१८ का दिन ओसाका को न्यु ओसाका होटल र १ जनवरी २०१९ का दिन टोकियोको गिन्जास्थित एभरेष्ट डाइनिङ होटलमा आयोजना गरिएको थियो । दुवै स्थानका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका थिए ।

कार्यक्रममा नेपालबाट आउनु भएका जनगायक जीवन शर्माले “मधेशी पहाडी”, “चाहि“दैन मलाइ सिसाको महल” “म डुल्दै हिंड्दा” “यसपाली त यस्तै भो आमा” र “सिमली छायाँमा बसी” लगायतका रक्तिमका चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो । नेपालबाटै आउनु भएका रक्तिमका केन्द्रीय सचिव दलबहादुर वि.क.ले सांस्कृतिक कार्यक्रम संचालन गर्नुका साथै आफनै जीवनकथामा आधारित रक्तिमको चर्चित गीत “पाखुरी यिनै हुन” समेत प्रस्तुत गर्नुभयो । रक्तिम सांस्कृतिक अभियान जापानका अध्यक्ष सचित्र के.सी. र प्रकाश वि.सी.ले “घरबाट आयौं” बोलको गीतमा मार्मिक अभिनय प्रस्तुत गर्नु भएको थियो ।

रक्तिम जापानका जनगायक लिला परियारले “शहिदहरु चिहानबाट उठेर आऊ” र “आउने छ क्रान्ति” बोलका गीतहरु र अर्का रक्तिम गायक नविन बस्यालले “गणतन्त्र झुल्कियो” बोलको कौडा गीत र “विदेशले धोका पु¥यायो” बोलका गीत प्रस्तुत गर्नुभएको थियो। रक्तिम जापानकै नृत्याङगाना बबिता थापाले “उस्तै छ हामलाई पिरलो” र ‘नेपाली माटोले’ बोलका गीतमा सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो । जापान नेपाली एकता समाजको नौमती बाजा समूहले कार्यक्रममा सबैलाई नाँच्न बाध्य तुल्यायो । नौमती बाजा समूहमा मन बहादुर सलामी, गोपाल सापकोटा, दिलु खत्री, गोपाल खत्री, तेजु के.सी., भक्त सापकोटा र कमल परियार रहनुभएको थियो । स्थानीय नेपाली लोक कलाकारहरु दिलु खत्री, दुर्गेश कार्की र दिनेश के.सी.का प्रस्तुतिहरु समेत दर्शकमा प्रभाव छोड्न सफल रहेका थिए ।

कार्यक्रमबाट खर्च कटाई बच्ने आम्दानी प्राकृतिक विपत्तिमा परेका नेपालीहरुको सहयोगमा प्रयोग गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । “जापान नेपाली एकता समाजले विगतमा यस्ता कार्यक्रम गरेर भएका आम्दानी छुट्टै सहयोग उठाएरै पनि नेपालमा प्राकृतिक विपत्तिमा परेका पीडितजन र असाहय र विपन्न घर परिवारका बालबालिकाको पठनपाठनका निम्ति सहयोग गर्दै आइरहेको छ ।” अध्यक्ष सापकोटाले भन्नुभयो–“अहिले पनि खर्च कटाई बचेको रकम हामीले त्यस्तै काममा प्रयोग गर्नेछौं ।”

दुवै स्थानका कार्यक्रमहरु सम्पन्न गरिसकेपछि जनगायक जीवन शर्मा र रक्तिमका सचिव दलबहादुर वि.क. ६ जनवरीको विहान टोकियोबाट नेपाल तर्फ प्रस्थान गर्नु हुने जानकारी समेत अध्यक्ष यमलाल सापकोटाले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here