जनतालाई लालसलाम (तीजि गीत)

0
254

– माधव प्रसाद आचार्य

नेपाली नारीको तिज ठुलो मेला हो
हामी चेलीले बुझ्नु पर्ने यसैबेला हो

गरिबलाई सधौ दु:ख धनीलाई चयन
देशमा कर महङ्गी बढेको सुन्नुस् बयान

गाउँगाउँमा सिंहदरवार भनी गीत गाउँदैछन्
गरिबको ढाड सेक्किने कर लाउदैछन्

प्रदेश सरकार चलाउने रे गरिबको करबाट
सङ्घीयताले गर्दा भयो यस्तो बर्बाद

सङ्घीयताले कर बढ्यो लागु गर्न पाईन्न,
गरिबमारा यस्तो शासन हामीलाई चाहिन्न

सङ्घीयताको विरोध गर्ने मसाल मात्र पार्टी हो
अब हामीले कुरा बुझौँ साच्चै साथी हो

भन्छन् अझै नेकपाको गरिब मुक्ति सरकार
जनतालाई ठुलो कर लाउछन् भर्खर

उठौँ अब दिदीबहिनी करको विरोध गर्न
राजमोले आह्वान गर्छ अघि बढ्न

रक्सीमासु पैसा खाई यिनलाई भोट दिनाले
अहिले उल्टो कर लगाए हेर्नु होस् यिनले

गरिबलाई यो सरकारले कर बढाई गोदने भो
राजमोलाई भोट दिन अब सोच्ने हो

शोषित, पीडित नेपालीको सबै एउटै व्यथा हो
ओली, दाहाल, सेरे सबै कसका नेता हो

प्रदेश नं. २ दिदा खुकुरीको धार भॉछ
सङ्घीयताले गर्दा हाम्लाई आर्थिक भार भा छ

मसाललाई साथ दिए उसको पावर बढ्नेछ
गरिबलाई न्याय दिन सधौ खट्ने छ

धेरै गीत कति लेखुा बिसाउछु कलम
शोषित पीडित जनतालाई लालसलाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here