जनगायक जीवन शर्मालाई पुरस्कार

0
1145
पोखरा । जनवादी गायक जीवन शर्मालाई गोकुल बाङ्गमय पुरस्कार २०७४ बाट सम्मान गरिने भएको छ । गण्डकी साहित्य संगमले सञ्चालन गर्ने, जनस्तरबाट स्थापित यो पुरस्कारको राशी नगद रु. ३० हजार र ताम्रपत्र छ ।
संगमका सदस्य भीम रानाभाट संयोजक र डा. रविलाल अधिकारी र पीताम्बर नेपाली सदस्य रहेको प्रतिभा छनोट समितिले शर्मालाई पुरस्कृत गर्न सिफारिस संस्थाको बैठकले अनुमोदन गरेको हो ।
यहि जेठ ८ गते जनवादी संगीत यात्राको कदर गर्दै उनलाई सम्मान गर्न लागिएको संस्थाका अध्यक्ष डा. कृष्णराज अधिकारीले बताए । उनले भने, ‘३ दशकसम्म अविरल र अविचलित जनवादी संगीतमा क्रियाशील जीवन शर्मालाई यसपाली पुरस्कृत गर्ने निर्णय भयो ।’
बाग्लुङको राङखानी पाईमा जन्मिएका शर्मा रक्तिम परिवारका अध्यक्ष हुन् । उनका करिब ४ दर्जन गीति एल्बम, ४ साहित्यक कृतिका साथै ५ सय बढी गीत रेकर्ड भएका छन् ।
यसअघि यो पुरस्कारबाट देवीप्रसाद किसान, खगेन्द्र संग्रौला लगायतका कैयौं साहित्यकारले प्राप्त गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here