छैठौं जिल्ला सम्मेलनद्वारा निर्वाचित पश्चात के भन्छन् अमर थापा ?

0
446

राष्ट्रिय जनमोर्चा, बागलुङको छैठौं जिल्ला सम्मेलन २०७५ मंसिर २१ र २२ गते गल्कोट नगरपालिकाको हटिया बजारमा सम्पन्न भएको छ । जून सम्मेलनको झलक र निर्णय सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

१. “राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा हाम्रो आन्दोलन, महंगी, भ्रष्टाचार, करबृद्धि र संघीयता खारेजीको लागि छैठौं जिल्ला सम्मेलन” भन्ने मूलनाराका साथ सम्पन्न हुने सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री क. चित्र बहादुर के.सी.ले मसाल बालेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि के.सी.ले संघीयताका कारण मूलुक धरासायी बन्दै गएकाले संघीयता खारेजीको विकल्प नभएको बताउनु भयो । दुई तिहाईको सरकार भए पनि जनताका दैनिक जनजिवन झन कष्टकर बन्दै गएको र सरकार शुसासन कायम गर्न असफल भएको टिप्पणी गर्नु भयो । सम्मेलन सफलताको शुभकामना राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापा, राष्ट्रिय जनमोर्चाका के.स. तथा जिल्ला समन्वय समिति, बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननीय पियारी थापा, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का बागलुङ जिल्ला प्रवक्ता मेक बहादुर पाईजा, अखिल नेपाल किसान संघ, बागलुङका अध्यक्ष नेत्र बहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक संघ, बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, नेकपा, बागलुङका सेक्रेटरी छम सेन, नेपाल कम्युनिष्ट पार्टी नेकपा, बागलुङका प्रतिनिधी बम बहादुर गुरुङ, नेपाली काग्रेश बागलुङका सदस्य फम बहाुदर खत्रीले दिनु भएको थियो । सम्मेलनको उद्घाटन कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष तथा जनगायक जीवन शर्मा, केन्द्रिय सदस्य हेमराज आश्रम सहितका कलाकारको प्रस्तुति रहेको थियो । त्यस्तै अखिल नेपाल युवक संघको स्वयम्सेवकको मार्सलआर्टस् डेमो सो प्रस्तुत भएको थियो । उद्घाटन कार्यक्रम हुन पूर्व विभिन्न झाँकी सहित हजारौंको जनसहभागीताले हटिया बजारमा ¥याली परिक्रमा भएको थियो ।

सहिदहरुप्रति एक मिनेट मौनधारण भएको उद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष अमर बहादुर थापा, स्वागत मन्तव्य उपाध्यक्ष बेदीलाल सापकोटा र सञ्चालन भिमसेन वनले गर्नु भएको थियो । उद्घाटन सत्रमा सहिद परिवारका सहिद क. रोशनध्वज मल्लको श्रीमति गौमला मल्ल, सहिद क. टिका छन्त्यालको छोरा भिषम छन्त्याल, सहिद क. डोर बहादुर छन्त्यालका छोरी सपना छन्त्याल, पार्टीमा लामो समयसम्म योगदान पु¥याउनु भएका बृद्ध कामरेडहरु हिरा बहादुर शाही, टिकाराम शर्मा, मिनालक्ष्मी बास्कोटा, हिरा बहादुर घर्ति, भैर बहादुर रोका, लोकेन्द्र ध्वज मल्ल, टंक पुन, दल बहादुर थापा, अग्नीधर कडेल, इन्द्र वन, जित बहादुर बस्नेत र बल बहादुर वि.क.लाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रिय जनमोर्चाका के.स. तथा प्रकाशन विभाग प्रमुख घनश्याम न्यौपाने, पर्वतका सचिव बालकृष्ण शर्मा, कास्कीका सचिव आकाश गौतम, गुल्मीका नेता मोहन श्रेष्ठ, अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापा, उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सचिव कृष्ण आचार्य, बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्री, जिल्ला समन्वय समिति, बागलुङका सदस्य तारा कुमारी पुन, अन्टुक बागलुङका अध्यक्ष विष्णु अधिकारी, अखिल नेपाल युवक संघ, बागलुङका अध्यक्ष जुनविक्रम शाही, अखिल नेपाल बुद्धिजिवी संघका काजिगाउँले श्रेष्ठ, अखिल नेपाल महिला संघ, बागलुङका अध्यक्ष रुद्रा के.सी., अखिल छैठौं, बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, रक्तिम साँस्कृतिक अभियान, बागलुङका अध्यक्ष दलबहादुर वि.क., जातीय समता समाज, बागलुङका अध्यक्ष खड्क वि.क., अखिल नेपाल जनजाति सम्मेलन, बागलुङका अध्यक्ष लाल बहादुर पुन, अखिल नेपाल उद्योग व्यापार संघ, बागलुङका अध्यक्ष पदम श्रेष्ठ, प्रगतिशिल पत्रकार संघ, बागलुङका अध्यक्ष रामनारायण सुवेदी, पत्रकार ताराप्रसाद शर्मा, पत्रकार प्रकास बरालको आतिथ्यता रहेको थियो ।

२. नर बहादुर पुन, काजिगाउँले श्रेष्ठ र दुर्गादेवि घर्तिमगर रहेको ३ सदस्यीय अध्यक्षमण्डलबाट बन्दसत्रको कार्यक्रम सञ्चालन भएको थियो । पालिका स्तरीय समितिबाट संगठनात्मक गतिविधीको रिपोर्टिङ भयो । अध्यक्ष अमरबहादुर थापाद्वारा प्रस्तुत संगठनात्मक प्रगति प्रतिवेदन, सदस्य खिमविक्रम शाहीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र उपाध्यक्ष वेदीलाल सापकोटाद्वारा प्रस्तुत विशेष प्रस्ताव छलफल पछि सर्वसहमतिमा पास गरिएको थियो । सम्मेलनले मित्रदत्त ढकालको संयोजकत्वमा पुस्कर सापकोटा, कृष्ण आचार्य, सुनमाया ढकाल र दुर्गा भण्डारी रहेको लेखा परिक्षण समिति गठन गरेको छ ।

सम्मेलनले अमर बहादुर थापाको अध्यक्षतामा २७ पूर्ण सदस्य, ८ वैकल्पिक सदस्य र ९ सल्लाहकार गरी ४४ सदस्यीय जिल्ला समिति, बागलुङ निर्वा्चित गरेको छ । जसको उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, सहसचिव दिलमाया पुन, कोषाध्यक्ष डिल बहादुर दर्जी र सदस्यहरु कृष्ण पौडेल, खिमविक्रम शाही, लोकनाथ शर्मा, तिर्थ्सिंह थापा, दिल बहादुर श्रीस, हिरा बहादुर थापा, बोम बहादुर थापा, थानेश्वर सुवेदी, थम्मन घर्ति मगर, नेत्र बहादुर बुढाथोकी, धन बहादुर अदैं, दुर्गादेवी घर्ति मगर, रुद्रा के.सी., लक्ष्मण पुन, पन बहादुर वि.क, ठाकुर शर्मा, विस्नु बस्नेत, पदम श्रेष्ठ, लिलादेवी शर्मा, कृष्णा पुन, दिपक थापा, केशकुमारी बुढा, वैकल्पिक सदस्यमा योगेन्द्र राज पौडेल, खड्क वि.क, प्रेम गौतम, ताराकुमारी पुन, कोपिला थापा, डिल कुमारी श्रीस, आशा रोका, पूर्णा चालिसे, सल्लाहकारमा कृष्ण थापा, काजिगाउँले श्रेष्ठ, बेदीलाल सापकोटा, गौरीस्वर पाण्डे, टिकाराम शर्मा, टंक बहादुर के.सी., अर्जुन खत्री, तम बहादुर घर्ति, अमर बहादुर खत्री रहनु भएको छ ।

सम्मेलनबाट निर्वा्चित समितिको परिचय राष्ट्रिय जनमोर्चाका के.स. घनश्याम न्यौपाने र बदाई तथा सम्मान पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले गर्नु भएको थियो । नव निर्वा्चित समितिको तर्फबाट अध्यक्ष अमर बहादुर थापाले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो ।

सम्मेलनले १७ बुँदे प्रस्ताव पास गरेको छ । 


३. सम्मेलनले तपशिल बमोजिमको १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । 

१. संविधानका सकरात्मक उपलब्धीको स्वागत गर्दै त्यसको संरक्षणमा जोड दिन्छ ।

२. राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र धर्म निरपेक्षताको रक्षा गर्नु पर्नेमा जोड दिन्छ ।

३. संविधानमा व्यवस्था गरिएको संघीयताको खारेजी गरी प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित स्थानीय स्वशासन सहितको एकात्मक राज्य प्रणाली लागु गर्नु पर्नेमा जोड दिन्छ ।

४. जनताको दैनिक उपभोग्य बस्तुमा हुदै आएको दिनानुदिनको मूल्यबृद्धि र करबृद्धिको नियन्त्रण, कालाबजारी, र अराजकताको अन्त्य गर्नु पर्नेमा जोड दिन्छ ।

५. बागलुङ जिल्लाको मध्ये भाग भएर जाने मध्यपाहाडि लोक मार्ग, दक्षिणभेगको कालिगण्डकी कोरिडोर र पश्चिम क्षेत्रको सालझण्डी ढोरपाटन मोटरबाटोको निर्माण कार्य द्रुत गतिमा सम्पन्न गरी यसको आसपासका क्षेत्रमा उत्पादनमुखी कार्य सञ्चालनमा सरकारले विशेष कार्यक्रम बनाउनु पर्नेमा जोड दिन्छ ।

६. ग्रामीण पर्यटनको विकासका लागि बागलुङ जिल्लाका विभिन्न स्थानको पहिचान र प्रचारप्रसारमा ध्यान पु¥याउन सम्बन्धित निकायको ध्यानार्षण गर्दछ ।

७. जिल्लाव्यापी रुपमा विद्युतिकरणको विशेष कार्यक्रम बनाउनु पर्नेमा जोड दिदैं उत्तरगंगा जलासययुक्त विद्युत योजना बागलुङ जिल्लाकै भूभागमा पर्ने गरी नेपाल सरकारकै लगानीमा तत्काल निर्माण गर्नु पर्नेमा जोड दिन्छ ।

८. चिनसँगको व्यापारिक सम्बन्ध बिस्तार गर्दा मुस्ताङको कोरला नाकासहितका बिभिन्न स्थानबाट व्यापारी नाका खोल्नु पर्नेमा जोड दिन्छ ।

९. ढोरपाटन सिकार आरक्षणको मध्यवर्ति क्षेत्रका बासिन्दालाई प्रतिकुल हुने गरी लागु गरिएको आरक्षण ऐनमा संशोधन गरी त्यस क्षेत्रका नागरिकको माग बमोजिम संशोधन गर्नु पर्नेमा जोड दिन्छ ।

१०. २०७५ मंसिर ९ गते ढोरपाटनको नवीगाऊँमा भएको भिषण आगलागि र जिल्लाको अन्य भुभागमा भएको प्राकृतिक प्रकोपप्रति गहिरो दुःख प्रकट गर्दै राहत र पूर्न्निर्माणमा सहयोग गर्नु पर्नेमा जोड दिन्छ ।

११. सत्ताको दुरपयोग, अपराधीलाई राजनीतिक संरक्षण र स्थानीय तहको अराजकता अन्यका लागि जोड दिन्छ ।

१२. बागलुङको सदरमुकामदेखि कुश्मीसेरा, बरेङ हुँदै गुल्मीको तम्घास जोड्ने मोटरबाटो, बुर्तिवाङदेखि तमानखोला हुँदै म्याग्दी जोड्ने मोटरबाटोलाई राष्ट्रिय योजनाका रुपमा दर्ता गरी निर्माण कार्य शुरु गर्नु पर्नेमा जोड दिन्छ ।

१३. स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको मान्यता दिई स्थानीय तहका अधिकार र विकास बजेट बृद्धि हुनु पर्नेमा जोड दिन्छ ।

१४. अपर कर्णाली, पश्चिम सेती लगायतका राष्ट्रघाति सम्झौता र भारतसँग गरिएको सन १९५० लगाएतका असमान सन्धी सम्झौता खारेजीका लागि सरकारले कुटनितिक पहल शुरु गर्नु पर्नेमा जोड दिन्छ ।

१५. विकेन्द्रित र सन्तुलित विकास निर्माण, उत्पादनमूलक उद्यम र जनताको जीवनमा सकारात्मक परिवर्तन गराउने कार्ययोजना लागु गर्नु पर्नेमा जोड दिन्छ ।

१६. केन्द्रिय सरकारको विरुद्धमा स्वतन्त्र भई २ नं. प्रदेशले तयार पारेको प्रहरी ऐन सहितको विखण्डनकारी नीति र गतिविधिको भण्डाफोर गर्दछ ।

१७. नागरिकता ऐनमा भएको खुकुलो नीतिको भण्डाफोर गर्दैं गैर नेपालीलाई उपलब्ध गराएको नागरिकता खारेज गरिनु पर्नेमा जोड दिन्छ ।

४. छैठौं जिल्ला सम्मेलन सफल पार्न हरतवरले सहयोग पु¥याउनु हुने नेता, कार्यकर्ता, समर्थक सुभचिन्तक, व्यापारी, उद्यमी, शिक्षक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण जनसमुदायलाई जिल्ला समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौं ।
मिति : २०७५ मंसिर २३ गते
अमर बहादुर थापा
अध्यक्ष


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here