चुहिने छानो घरको याद आयो

0
792

चर्को घामले पोल्दा गाउँको वरेको याद आयो
आकाशमा जहाज उड्दा घरको याद आयो

जीवनलाई रफ्तार दिन सकिएन किन हो
अगाडि बढ भन्दै पढाउने सरको याद आयो

सुन्दर जीवन सजाउने रहर बोकेर आए
महलमा बस्दा चुहिँने छानो खरको याद आयो

गाउँ बस्ती ति दौतारी साथी भाईसंगै खेलेको
यो ज्यान प्रदेशमा हुँदा आज चर्को याद आयो

देशका भरौटे ठुला सामराज्य अन्त्य गरी त्यहाँ
निमुखा वर्ग सुखमा बस्ने रहरको याद आयो

नबीन बस्याल प्यूठान
(हाल जापान)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here