गौरवपूर्ण इतिहास बोकेको “आठ मार्च”

0
713

अन्तराष्ट्रिय महिला दिवसको इतिहास हेर्ने हो भने, सन् १८५७ मा अमेरिकामा गार्मेन्टमा काम गर्ने महिला मजदुरहरूले “समान काम समान ज्याला”को लागि हडताल गरे र केही परिवर्तन पनि प्राप्त गरे । त्यसपछि सन् १९१० मा डेनमार्कको कोपनहेगनमा क्लारा जेट्किनको नेतृत्वमा भएको अन्तर्रा्ष्ट्रिय महिला सम्मेलनद्वरा ८ मार्चलाई ‘अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित भएता पनि विश्वभरि मनाउन थालिसकेका थिएनन् ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्यो । त्यसपछि संसारभर क्रान्तिकारी श्रमजिवी महिलाहरुले असंगठित तथा संगठितरुपमा अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले । श्रमजिवी महिलाहरुको हक हित र अधिकारसंग जोडिएर आएको,  विद्रोह परिवर्तन र क्रान्तिकारी इतिहास बोकेको त्यो ऐतिहासिक दिन हो अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै जाने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्रा्ष्ट्रिय महिला दिवस’ नामाकरण गरी प्रचार गर्यो । त्यसपछि महिला दिवसलाई पनि फरक फरक ढंगले बुझन र मनाउन थालियो । एकाथरि महिला तथा संघ संस्थाहरुले आठ मार्चलाई धुमधामका साथ मनाउने तर महिलाहरुका विद्यमान समस्याहरुलाई गौण सम्झने र यथास्थितीमा रमाउने गरेको पाइन्छ  भने अर्कोथरी महिलाहरुले यसलाई एउटा प्रेरणाको रुपमा लिंदै आठ मार्चको मुल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै महिलामाथि हुने सबैप्रकारका विभेदको अन्त्यको निम्ति आन्दोलनकै एउटा मोर्चाको रुपमा मनाउँदै आइरहेका छन ।

मैले देखे अनुसार अझै सम्म पनि विश्व भरिनै महिला हिँसा ज्युँका त्यँु छन । महिलाहरु खुलेर हिड्न सक्ने अवस्था छैन । पुरुष र महिलाले गर्ने कामको जिम्मेवारी फरक प्रकारको नै छ । अहिले संसारका विकसित र मानव अधिकारको ग्यारेन्टी भएका भनिएका देशहरूमा पनि महिलाहरुलाई साधनकोरूपमा प्रयोग गरिरहेका छन् । खुलेआम महिलालाई बेच्न र बेचीन बाध्य पारिरहेको छ । केही मात्रमा भएका परिवर्तन एउटा सरकारत्मक समानता बाहेक समग्रमा समानता आउनै सकेको छैन । हाम्रो देशमा हेर्ने हो भने पनि दिनानुदिन बलात्कारका घटना घटिरहेका छन् । दाइजोको निहुँमा जीउदै जलाइएका छन । छोरी छोरी जन्माएको निहुँमा अनेक मानसिक, शारीरिक र सामाजिक यातना खेपीरहेका छन, मरे पछि गर्ने काजक्रियाको लागि छोरा नै चाहिने, बंश र अंश धान्न छोरा नै चाहिने चलनको अन्त्य भएको छैन जसले गर्दा गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउनेको संख्या उस्तै छ । अझै सम्म पनि छोरीहरुलाई बाहिर एक्लै हिड्न सक्ने अवस्था छैन । तर यो छोरीको कारणले होइन छोराहरुको कारणले गर्दा भएको हो । गलत समाजको कारणले हो । समाजबाट दास युगको अन्त्य भयो तर महिलाहरु अझै दासीनै छन ।

समाजमा आएको परिवर्तनसंगै महिलाहरु दोहोरो चपेटामा परेका छन् । घरको जिम्मा पुरुष र महिलाको बराबरी बनाउनको लागि अज सयौ वर्ष कुर्नुपर्ने छ, भने महिलाहरु घरको चौघेराबाट बाहिर निस्कन थाले संगै महिलाहरूमाथी झन धेरै जिम्मेबारीको बोझले गर्दा थुप्रै महिलाहरु डिप्रेसनको सिकार हुन पुगेका छन् । अहिले जे जति घटना बाहिर आएका छन त्यसले आन्दोलनकालाई केही बल पुगेको छ । तर धेरै घटनाहरु त डर, त्रास, धम्की र भावी जिवन जीउन हुने समाजिक कठिनाइका कारण पनि महिला महिलामाथिका हिंसा बाहिर आउन सकेका छैनन् ।

दोस्रो विश्वयुद्ध पश्चात जर्मन लगायतका युरोपेरी मुलुकहरुमा ठूलाठूला आन्दोलन पश्चात् महिलालाई भोट हाल्ने अधिकार प्राप्त भए संगै महिलालाई सुविधा दिने, राजनीतिक रूपमा अगाडि बढाउन, पदमा लानेलगायतका काम त भए, तर पितृसत्ता विरुद्धको वैचारिक अभियान चल्न सकेन फलस्वरूप महिलाहरु राजनितीमा आउन त थालेका छन् तर एक दुई जना महिलाहरुलाइ पदमा देखाउने र निर्णायक अधिकार पुरुषले नै लिने चलन अन्त्य भएको छैन । महिलालाई राजनीतिमा सबैभन्दा धेरै अधिकार कम्युनिस्टहरूले नै उपलब्ध गराउन सुरु गरेता पनि कम्युनिस्ट पार्टी्भित्रै रहेको पितृसत्तालाई हटाउन सकिरहेका छैनन् । यो झन् गम्भीर समस्याको विषय बनिरहेको छ । महिला कुनै बर्ग होइन तर पनि महिला समस्या कुनै बर्ग को भन्दा कम छैन, धेरै अधिकारहरु प्राप्त गर्नु पर्ने भएकाले महिला आन्दोलनलाई पनि बर्गीय आन्दोलनको रुपमा अगाडि बढाऊँ । अन्तर्रा्ष्ट्रिय महिला दिबसलाई उत्सवको रूपमा हैन आन्दोलनकै चरणको रुपमा मनाऊँ  ।

साँच्चै भन्ने हो भने हामीले अन्तर्रा्ष्ट्रिय महिला दिबसलाई खुशीयालीको रूपमा मनाउन त्यो दिन मात्र सक्ने छौ जुनदिन महिला र पुरुषमा रहेका प्राकृतिक असमानता बाहेक अरु कुनै पनि असमानता हुने छैनन् । समाजले निर्माण गरेका हरेक बिभेदको अन्त्य हुनेछ । प्राकृतिक रूपमा पाएका जिम्मेबारी बाहेक सबै जिम्मेबारी समान हुनेछन् । पैतृक सम्पत्तिमा महिलाहरूको पनि पूर्ण अधिकार हुनेछ । महिला भएकै कारणले कोही पनि महिलाहरु कसैबाट प्रताडित हुनु पर्ने छैन ।  महिलालाई श्रृगारको बस्तुको रुपमा हैन एउटा पूर्ण मानवको रुपमा लिइनेछ ।
अन्र्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको सबैमा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here