भारतका विभिन्न ठाउँमा यसरी मनाइयो ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

0
162
नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा दिल्लीमा ११०औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मूलप्रवाहका कार्यवाहक अध्यक्ष ठाकुर खनाल, महिला केन्द्रीय विभागबाट शारदा खनाल, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय सहसचिव शिव केसी, कोषाध्यक्ष तिलक पाण्डे, नगर अध्यक्ष बिन बहादुर कुँवर, सदस्य मुक्ति भुसाल, रक्तिम विभागका पहल सिंह परियार, विद्यार्थी क्षेत्रीय समिति सहसचिव निशा खनाल, सदस्य अस्मिता पाण्डे, महिला नगर विभागबाट सावित्रा कुँवर लगायतले आ–आफ्ना बिचार राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर विभागकी बिष्णु रायमाझीले र सञ्चालन गिता पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मन्जु रायमाझीले स्वागत गर्नुभएको थियो ।

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११०औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । महिला बिभागकी गिता सुवेदीको अध्यक्षता मूल प्रवाह नगर सचिब जनक बिसिको सञ्चालन तथा स्वागत भाषण जानकी बिसिले गर्नु भएको थियो ।

सरस्वती बीसी, रिखेन्द्र बिसि, करण बिक, प्रेम बिक, दुर्गा जिएम, दिर्घराज अधिकारी र मेघराज बीसी लगायतका बक्ताहरुले महिला उत्पिडन समस्या प्रतिक्रियावादी राज्यमा झनै जटिल र समस्याको रुपमा देखापरिरहेको कारण यो समस्या वर्गीय समस्या भएको, त्यसका लागि नयाँ जनवादी क्रान्ति समाजवाद हुँदै साम्यवादी व्यवस्था निर्विकल्प भएको तथा यसको लागि माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ बिचारधारा अवलम्बन गर्ने सङ्गठनमा आबद्ध पर्नेमा जोड दिनु भएको थियो ।

देशको तत्कालीन विषयमा भारतीय साम्राज्यवादले लिपुलेक, लिम्पीयाधुरा, कालापानी माथि गरेको हस्ताक्षेपमा सरकार लाचार बनेको र अमेरिकी साम्राज्यवादले, नेपालमा घुमारो प्रकारले एमसीसी घुसाउन गरेको षडयन्त्र देशलाई रणभुमि बनाउन गरेको योजनाप्रती देशभक्तहरु सजक रहनु पर्नेमा समेत वक्ताहरुको जोड थियो ।
अन्त्यमा नारी हिंसा अन्त्य गरौ गितले हल गुन्जायमान भएको थियो ।

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समिति र महिला विभागद्वारा आयोजित ११०औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च महिला दिवस सम्पन्न पारिएको छ । दुई चरणमा सञ्चालन गरिएको पहिलो चरणमा ८ मार्च महिला दिवसको महत्व, महिलाहरुका हक, हित, समृद्धि र अधिकार प्राप्तिका बिषयमा केन्द्रीत रहि कार्यक्रम सम्पन्न पारिएको थियो ।

बालिका देवी शर्माको सञ्चालन, खुमादेवी शर्माको अध्यक्षता र मूल प्रवाह केन्द्रीय समितिका सल्लाहकार चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय वैकल्पिक सदस्य भद्र बहादुर श्रीष थापा र क्षेत्रीय सल्लाहकार एवं नगर अध्यक्ष धर्मराज शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि लक्ष्मी पौडेल र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

रुपा देवी पौडेल, लालचंद्र शर्मा, प्रेम शर्मा, गणेश परियार, हरी पौडेल, मनोज जिसी, भद्र बहादुर श्रीष थापा, एकराज पौडेल, धर्मराज शर्मा, विश्व बहादुर खड्का, राजु बोहरा, लिल बहादुर केसी, टिकाराम सुबेदी, चोबनाथ शर्मा, आलोक म्याकमिलन, देवी अधिकारी, खिरमाया थापा र डिलमाया बिक लगायतले श्रमिक महिला दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा यसै समिति अन्तर्गत महिला विभागको भेला सम्पन्न भएको थियो । खिरमाया थापाको संचालन र लक्ष्मी पौडेलको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सल्लाहकार चोबनाथ शर्माले नयाँ समितिको घोषणा गर्नुभएको थियो ।

समितिकाे अध्यक्षमा खिरमाया थापा, सचिवमा बालिका देवी शर्मा, कोषाध्यक्षमा खुमा देवी शर्मा, सदस्यहरुमा क्रमशः धन कुमारी केसी, लक्ष्मी पौडेल, रुपा पौडेल, देवी अधिकारी, पुष्पा देवी शर्मा र डिलमाया विक रहनुभएको छ ।
नयाँ समितिलाई धर्मराज शर्मा, मनोज जिसी, बालिका देवी शर्मा, चोबनाथ शर्मा, भद्र बहादुर श्रीष थापा र टिकाराम सुवेदीले सफल कार्यकालको शुभकामना दिनुभयको थियो ।

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला बिभाग जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११०औं अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ ।  कार्यक्रमको अध्यक्षता हुमा रजालीले र सञ्चालन माया थापाले गर्नुभएको थियो ।

मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजाली, रक्तिम केन्द्रीय विभागका रिम राना, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, जनजाति क्षेत्रीय विभागका बल बहादुर खासु लगायतको अतिथि आसन ग्रहण पछि शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई दीपा थापाले स्वागत गर्नु भयको थियो ।

 

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत महिला नगर बिभागद्वारा अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाएको छ ।

मन्जु पोखरेलको सञ्चाल तथा फुल कुमारी कुमालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, महिला क्षेत्रीय बिभागबाट तिला केसी, केन्द्रिय विद्यार्थी बिभागका सहसचीव कृष्टि राई र नगर अध्यक्ष काजीराम श्रेष्ठद्वारा अतिथि आसन ग्रहण गर्नुभएको थियो । उपस्थित जनसमुदायलाई यामी पन्थिले स्वागत भासण मार्फत स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरीले महिला अधिकारका बारेमा चर्चा गर्दै महिला मुक्ती आन्दोलनलाई अगाड़ि बढाउन प्राप्त सीमित अधिकारको उपयोग गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने बताउनु भएको थियो । अर्का अतिथि मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजालीले महिला दिवसको ऐतिहासिक पक्षलाई केलाउँदै महिला आन्दोलनको विकास मजदूर आन्दोलनको रुपमा भएको बताउनु भयो । शुरुवातमा कामको समय घटाउने मांगबाट उठेको यो आन्दोलन पछी महिला मुक्ति आन्दोलनको रुपमा विकास भएको रजालीले बताउनु भयो । “आज संसारभरी एकातिर यही पूँजीवादी व्यवस्था नै परिपूर्ण व्यवस्था हो भन्नेहरुले महिला दिवस मनाई रहेका छन् भने हामी आमूल परिवर्तन गर्न चाहनेहरुले पूँजीवादी व्यवस्थाले होइन समाजवादी व्यवस्थामा मात्र महिलाहरुको हक अधिकार सुनिश्चित हुन्छ भन्ने विचारलाई आत्मसाथ गरेर यो महिला दिवस मनाई रहेका छौ ।” रजालिले भन्नु भयो– “त्यसैले महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलन संगै अगाड़ि बढाउनु पर्ने हुन्छ ।”

कार्यक्रममा महिला विभाग जयपुर दक्षिणबाट बीना थापा, पत्रकार टोल समितिबाट सुनीता परियार, मूल प्रवाह जयपुर उत्तरबाट मंगल सिंह खडका, पूरण खड़का, मूल प्रवाह जयपुर दक्षिणबाट सचिव बाबुराम थापा, कोषाध्यक्ष दीपक थापा, खैरेनी मगर संघ तनहुंका राम बहादुर थापाले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा मन मायां, कमला केसी, विद्यार्थी बिभागबाट पुरन बगाले र शृष्टि राई, नगर समितिबाट राम कुमार बस्नेत, वसन्त श्रेष्ठ, काशीराम पार्धे, बाबुराम खड्का, किशोर राई, काजीराम श्रेष्ठले मन्तव्य दिनुभएको थियो ।
त्यसै गरि विद्यार्थी बिभागका केन्द्रिय सहसचीव कृष्टि राई, क्षेत्रीय समितिबाट राम बहादुर थापा, राम प्रसाद घिमिरे र महिला क्षेत्रीय बिभागबाट तिला केसी लगायतका वक्ताहरूले महिला हक अधिकार र समाजमा महिलाहरूको योगदान साथै महिला आन्दोलनका इतिहासको बारेमा मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here