गाउँघर, वनपाखाको यादहरूले झस्काईरहँँदा

0
1809

हरियाली हुँदा सारा नयाँ पालुवाले
झस्काईदिन्छ वालोपन तातो बालुवाले

कुहूकुहू कोईलिले गाउँदा गीत वनमा
छचल्किन्छन यादहरू भित्रभित्रै मनमा

लटरम्मै फलेका ति गुहेँली र काफल
मुखै रसाउँछ अहिले सम्झिंदा त्यो पल

कुनै दिन त जंगलमा दाउरा घाँस जाँदा
दिन बित्थ्यो गुहेँली र हाडे काफल खाँदा

कहिलेकाँही स्कुलबाट घर जाँदा पनि
हराउँथ्यौं बीचबाटोमै एेसेलु खाँदा हामी

दिउसो आमा घाँस काट्न बन जाँदाखेरी
हाम्रै निम्ति ल्याउनुहुन्थ्यो पटुकामा बेरी

स्कूलबाट भोकाउँदै घरमा जाँदा पनि
थालभरी हुन्थे काफल हाम्रै लागि भनि

जताततै पाकेका ति एेसेसुका झाङ
रमाइलो हुन्थ्यो साथी मिलीबसी खान

च्यापेपछि वन हुन्थ्यो प्रफूल्लीत मन
ढाकेपछि चुत्रो, काफल, एेसेलुले वन

नत पैसा तिर्नुपर्ने न कसैको छेकबार
ढुक्कसँग टिपो खायो प्रकृतिको उपहार

दुर्गा शर्मा
हाल स्पेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here