गजल

0
213

बाल्यदेखि यो जीबनमा धेरै दुःख पाए
उकाली ओराली ग्रर्दै जीबन यहाँसम्म आए
।।
दुःख मेरा जीबनमा पर्खाल बनि आइरहदा
त्यही दुःख गीत बनाई आवाज भरी मैले गाए
।।
खुसी खोज्न संसारमा कहाँ कहाँ धाए मैले
बिदेशका गल्लीगल्ली खानु धोका खाए
।।
भोक प्यास नभनी संघर्षमा खटिइ रहें
कहिले जीबन दुखमा कहिले हाँसोमा रमाए
।।
धेरै थिए साथी संगी दुःख सबैका एउटै एउटै
मेरा दुःख मनमा राखी अरुलाई सघाएँ
।।
नवीन बस्याल, प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here