गजल

0
195

देब बनाउन उठ युवा सारा
यही छ हाम्रो काँधमा अभिभारा

किसान, मजदुर, निमुखा सबै
सिध्याउनु छ नेपाली मनमारा

नजागे बन्दैन देश स्वाभीमान
यस्तै यस्तै छ सरकारको पारा

नगरी भेदभाव सयौं जाति
परिवर्तनमा जुट सबै सर्वहारा

हत्या, हिंसा बढ्दैछ दिनदिनै
जागौं अन्त्य गर्नु संस्कृति छाडा

नविन बस्याल, प्यूठान
हाज जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here