एक दिन सबै जल्ने हो

0
317

जती कमाए पनि मान्छे सबै दाउरा मै बल्ने हो
खरानी पैसाको होइन काठको नै भई जल्ने हो
।।
सबैको रित एउटै हो मलामीबनी लाने एकदिन
बोक्ने बाँस बाँसलेनै जलाउदा घोची मल्ने हो
।।
चाहे लोभ गरोस् कमाउनै रात दिन मरोस कोई
सुन खाने होइन जीबन अन्न नै खाएर चल्ने हो
।।
सारा जीबन आजीबन नमर्ने गरि लागिपरे पनि
अन्तिम सास रोकिंदा एक दिन शरीर ढल्ने हो
।।
परिवारमा जति प्रेम भएपनि अमर हुँदैन मान्छे
मर्ने मरेर जान्छन जिउँदो सबै आफै संभल्ने हो

नवीन बस्याल प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here