अभियान हाम्रो

0
294

केशव गाहा पाल्पाली

हिमाल यी पहाड र तराई हो शान हाम्रो
सिंगो नेपाल र नेपाली नै पहिचान हाम्रो

हेर कती सुन्दर छ देश भित्र बुनिएको
ढाका टोपी दौरा सुरूवाल परिधान हाम्रो

जोड्ने कुरा गरौं साथी तोड्ने कुरा नगरौं है
शूर बीर हामी गोर्खालीको अभिमान हाम्रो

आफ्नै स्वार्थ पूर्ती गर्न खोज्नु भन्दा अघी सोचौं
प्यारो देशप्रति के के भयो योगदान हाम्रो

माया गरौं देशलाई बैर भाव मेटाएर
हुनु पर्छ अब एकताको अभियान हाम्रो ।

।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here