अनेरास्ववियु (छैठौं) बाग्लुङद्वारा क. टेक बहादुर घर्तीप्रति श्रद्धान्जली

0
244

बाग्लुङ । अखिल (छैठौं), बागलुङका पूर्व विद्यार्थी नेता तथा राष्ट्रिय जनमोर्चा, बागलुङको पश्चिम क्षेत्रका प्रभावशाली नेता, राष्ट्रिय जनमोर्चा, बागलुङका पूर्व कोषाध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य क. टेक बहादुर घर्तिमगरको निधन प्रति अखिल छैठौं), जिल्ला समिति बागलुङ अत्यन्तै मर्माहत भएको बताएको छ ।

जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले एक प्रेस विज्ञप्ती जारी गरि भनेका छन्ः “देश जनता र राष्ट्रियताको पक्षमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सधैं जनताको पक्षमा लड्ने एउटा इमान्दार सधैका लागि हाम्रो माझमा नहुनुले सिंगो देश, जनता र संगठनलाई अत्यन्त दुःख लागेको छ ।

यो दुःखको घडीमा दिवंगत क. टेक बहादुर घर्तिमगरप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकमा रहेको परिवारमा समवेदना प्रकट गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here