गजल : चिन्ता लाग्छ

0
186

 गजल

केशव गाह ‘पाल्पाली’

पात्रो फेरिन्छ देश फेरिन्न चिन्ता लाग्छ
देश बिकास कतै देखिन्न चिन्ता लाग्छ

बर्षौ देखी नै देशको हालत उस्तै छ
देशमा भ्रष्टाचार रोकिन्न चिन्ता लाग्छ

हरेक बस्तु बिदेशी छन् बजारै भरी
कलकारखाना खोलिन्न चिन्ता लाग्छ

अठार पछी राहदानीमा भीड लाग्छ
गाऊँमा एउटा युवा भेटिन्न चिन्ता लाग्छ

जुन जोगी आए पनी कानै चिरिएका
देशभक्त नेता नै पाईन्न चिन्ता लाग्छ

लुटिएका छौं,घरबार गुमाएका छौं
सिमानामा सरकार उभिन्न चिन्ता लाग्छ

शोषकको अन्याय अत्याचार बिरूध्द
लड़ने कोशिस कत्ती गरिन्न चिन्ता लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here