बिरामी इन्दिरा खनाल (पराजुली) भइन् खुशी

0
340

कतार नेपाली एकता समाजले गर्यो मलम पट्टि

रेशम रोका मगर,

दोहा कतार । कतार नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सदैव सचेत र सजग गराउँदै आएको सर्वविदितै छ । प्रवासमा जीन्दगी विताई रहेका श्रमजिवी नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई पनि सचेत गराउँदै आपसी एकता, भाइचारा र सद्भाव कायम गर्दै आम मजदुरवर्ग तथा न्यायप्रेमी जनताहरूलाई नयाँ र आमुल परिवर्तनको लागि विदेशमा रहँदा पनि सचेत, सक्रिय र जागरूक गराउन यो संगठन सक्रिय रूपमा लागि परेको छ । त्यस्तै उदाहरणीय कार्य कतार नेपाली एकता समाजले आज पनि गरेको छ ।

कतार नेपाली एकता समाज दोहा कतारले गत सेप्टेम्बरदेखि उपचाररत बिरामि सन्धिखर्क नगरपालिका १० अर्घाखाँची कि इन्दिरा खनाल (पराजुली) लाई आर्थिक सहयोग गरेको छ । फरवरी ०८ तारिखका दिन एक कार्यक्रम बीच ५५११ कतारी रियल अर्थात नेपाली रुपैयाँ १ लाख ७२ हजार ३ सय ६८ सहयोग हस्तान्तरण गरेको हो ।

बिगत लामो समयदेखि ब्लड प्रेसरको बिरामी भएकि इन्दिरा खनालको दोहा कतारको हमाद हस्पिटलमा उपचार चलिरहेको थियो । अबको केही दिन पछि स्वदेश पठाएर थप उपचार गर्नु पर्ने र धेरै रकम लाग्ने भएकोले कतार नेपाली एकता समाजले आर्थिक अभियान नै चलाएर सो रकम संकलन गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिरामी इन्दिरा खनाल (पराजुली) को छोरा दिपक पराजुलीको रोहबरमा कतार नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष हेमन्त वाइवा, महासचिब खिम बुढा, सचिब बिष्णु थापा, कोषध्यक्ष इन्दल थिङ, सल्लाहकार सदस्य हेमबहादुर थापा, केन्द्रीय सदस्य टुकनाथ शर्मा, उदब मगर, रक्तिमका अध्यक्ष बलदेब राना, रक्तिम इन्चार्ज खगेश्वर भुसाल, रक्तिम सल्लाहकार हुमाकान्त आचार्य, आर्थिक अभियानका अभियन्ताहरु एरिया बिभागका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

इन्दिरा खनाल (पराजुली) देश भित्र र बिदेशमा समेत संगठनप्रति कहिले बिचलित नभई विभिन्न आरोह अबरोहलाई पार गर्दै कतार नेपाली एकता समाज अन्तर्गत महिला बिभाग सदस्य हुनुहुन्थ्यो ।

आर्थिक सहयोग मात्रै नभै संगठनले आफू माथी भौतिक र नैतिक गुन लगाएको र यो कार्यले आफुलाई थप उर्जा थपिएको र संगठनको माया सद्भावले आफू छिटो निको हुने खुसी ब्यक्त गर्नु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष हेमन्त वाइवाले कतारबाट गरिएका यस्ता सहयोगले धेरै ठाउँमा सकारात्मक प्रतिफल दिएको र यो सहयोगले इन्दिराको उपचारमा राम्रो सहयोग पुग्ने बिश्वास गर्नु भयो । सहयोगमा हातेमालो गरि यस अभियानलाई सफल बनाउन अहोरात्र लाग्नुभएका कतार नेपाली एकता समाजका सम्पुर्ण एरिया, इकाइ समितीहरु, बिभागहरु एबं समर्थक, शुभचिन्तकका साथै यस अभियानमा जोडिनुभएका सम्पुर्ण कतारबासी दाजुभाई तथा दिदिबहिनिहरुप्रति कतार नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभएको थियो । वाईवाले बिरामीको शिघ्रस्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here