जागृति टोल बिकास संस्थामा पौडेल

0
174

२६ माघ, पोखरा । १७ लामोतहराको जागृति टोल बिकास संस्थाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिमला पौडेलको अध्यक्षतामा ११ पुर्ण र ४ सल्लाहकार सहित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा राम बहादुर तामाङ, सचिवमा सुजन गुरुङ (पुइमे), सहसचिवमा लक्ष्मी बैरागी, कोषाध्यक्षमा इश्वरी न्यौपाने, सदस्यहरूमा क्रमशः बालकृष्ण गौतम, कृष्ण बहादुर केसी, किरण लिम्बु, शर्मिला लिम्बु, बिष्णुमाया भण्डारी, सुरेश हमाल र सल्लाहकारमा क्रमशः अम्बर बहादुर कार्की, बिक्रम पोखरेल, रामप्रसाद शर्मा र उदय बहादुर केसी निर्वाचित हुनुभएको छ ।

अम्बर बहादुर कार्कीको अध्यक्षतामा अघि बढेको कार्यक्रममा प्रमुख अतिथि टोलका बयोबृद्द आमा खिल कुमारी पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा बिशेष अतिथि सामुदायिक सूचना समाज कास्कीका अध्यक्ष दिपक आचार्य, पोखरा– १७ वडा समिति सदस्य बैकुण्ठ भण्डारी, अतिथिहरु नेकपा (नेकपा) युवा नेता रबि भण्डारी, जागृति खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष खडक बहादुर रोका मगर, मिलनसार लामोतहरा आमा समूह अध्यक्ष गंगा चापागाईं, लामोतहरा युवा क्लब सदस्य आरती हमाल, लामोतहरा बाल क्लब राजन गौतम, संस्थाका सल्लाहकार बिक्रम पोखरेल, रामप्रसाद शर्माले आफ्नो मन्तव्य राख्नुभएको थियोे ।

संस्थाको तर्फबाट अध्यक्ष अम्बर बहादुर कार्कीले प्रस्तुत गर्नुभएको प्रतिबेदन तालिको गडगडाहटले पारित भएको थियो । संस्थाका सचिव प्रताप पौडेलको सञ्चालन रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार भिमनाथ भण्डारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here