नयाँ दिल्ली, ७ फरवरी । नेपाल सरकारको संबैधानिक निकाय राष्ट्रिय मानवाधिकार आयोगको सुदीप पाठकको नेतृत्वमा सात सदस्यीय प्रतिनिधि मण्डलको भारत भ्रमणको क्रममा भारतस्थित नेपाली संगठनका प्रतिनिधिहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रम दिल्ली स्थित नेपाली दूतावासमा सम्पन्न भएको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट ठाकुर खनाल र मतीराज गौतम, प्रवासी नेपाली संघबाट टिकाराम पोख्रेल, जनसम्पर्क समिति, भारतबाट कृष्ण पाण्डे, रेसक्यु फाउण्डेशनका सन्तोष राई लगायत नेपाली सञ्चारकर्मी र आयोगको प्रतिनिधि मण्डलका अन्य सदस्यहरु वेद भट्टराई, मुरारी प्रसाद खरेल, तारादेवी वाग्ले, श्यामबाबु काफ्ले, लोकनाथ बास्तोला, जीवन न्यौंपाने हुनुहुन्थ्यो ।
आयोग सदस्य सुदीपले भन्नु भयो, जसरी घाम, पानी, हवामा कसैको नियन्त्रण हुदैन, त्यसै गरि मानव अधिकार माथी पनि कसैको नियन्त्रण हुनु हुदैन । समानता, स्वतन्त्रता, सम्मान र जीवन मानवाधिकारका प्रमुख आधारहुन यसलाई कसैले कुल्चिनु मिल्दैन । पाठकले हामीले आफ्नो भ्रमणको दौरानमा समकक्षी मानवाधिकार आयोगका साथै अल्पसंख्यक आयोग, महिला आयोग, दलित आयोग, आदिवासी (जनजाति आयोग र सफाई कर्मचारी आयोगसँग भेटघाट गर्यो र दुबै देश समस्याहरु आदानप्रदान गर्नुको साथै आगामी दिनहरुमा सहकार्यको लागि वातावरण बनाउने काम भएको भारतमा नेपालीहरुमाथि आइपर्ने मानवाधिकारको उलंघन सम्बन्धि घटनाहरुको रिपोर्ट सिधै भारतीय मानवाधिकार आयोगको वेवसाईटमा जानकारी गराउन सकिने प्रावधान रहेको र आगामी दिनमा भारतीय मानवाधिकार आयोग र नेपालीको मानवाधिकार आयोग बिच MOU गरि काम गर्न सकिने सम्भावना समेत जानकारी गराउनु भयो ।
प्रवासी संगठनको प्रतिनिधिहरुले पहिचानका साथ पुर्वाग्रह, सिमाना तथा रेल्वे स्टेशन बस अड्डाहरुमा विशेषत इटारसी मथुरामा लुटपाट, झुठ्ठा आरोप, पूर्वाग्रही सोंच, एउटै कार्यस्थलमा घटेका घटनाहरुमा पाइने क्षतिपूर्तिमा भेदभाव आदिको सिकार नेपालीहरु हुनु परेको जिकर गर्दै अहिले मानव तस्करी ठूलो पैमानामा भैरहेकोले सिमानामा चौकसी बढाउनु, संगलन्न व्यक्तिहरुलाई कडा कार्वाहीका उद्वार गरिएहरुको पुनर्वासको व्यवस्था एवं दिल्ली दूतावासमा एउटा मानवाधिकार डेस्क, सेल्टर होम, काउन्सिल, कानुनी सहायता उपलब्ध गराउनुका साथै जनचेतना वृद्धि गर्न ठुला शहरहरुमा संगठनका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनु पर्ने आवश्यक रहेको बताएका थिए ।