नारायणस्थान र अमलाचौरमा “जागौ युवा, लागौं युवा” अभियान सम्पन्न

0
426

माघ २०, बागलुङ । अखिल नेपाल युवक संघ बागलुङले “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !” भन्ने नाराका साथ सञ्चालन गरेको “जागौ युवा, लागौं युवा” अभियान बागलुङ नगरपालिका वडा न. १४ को भेला तथा प्रशिक्षण नारायणस्थानको अर्माहमा सम्पन्न भएको छ ।

दिपक सुबेदीको अध्यक्षता तथा हिमाल सुवेदीको सञ्चालन र राधा सुबेदीको स्वागत मन्तव्यबाट अघि बढेको भेलामा युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । राजमोका स्थानीय नेता ढुण्डीराज शर्मा, राजमो वडा अध्यक्ष राम बहादुर खड्का, एकता समाजका राजेन्द्र सुबेदीको आतित्थ्यता रहेको थियो ।

भेलाले हिमाल सुबेदीको अध्यक्षतामा ९ पुर्ण ३ सल्लाहकार सहितको वडा समिति निवार्चित गरेको छ । समितिको सचिवमा टिकाराम सुवेदी र कोषाध्यक्ष कमला सुवेदी चयन हुनु भएको छ । सदस्यहरूमाः राधा सुबेदी, सीता सुबेदी, प्रकाश पौडेल, सुनिल सुबेदी, रेनुका सुवेदी र दिपक सुवेदी रहनु भएको छ । सल्लाहकार सदस्यमा बद्री पौडेल, टेकनारायन सुवेदी र जयनारायण सुबेदी चयन हुनुभएको छ ।

त्यसैगरी सोही दिन बागलुङ नगरपालिका वडा न. १२ को भेला तथा प्रशिक्षण अमलाचौरमा सम्पन्न भएको छ । ऋृषिराम पौडेलको अध्यक्षता र दिपक शर्माको सञ्चालन र आस्था पौडेलको स्वागत मन्तव्यबाट अघि बढेको भेलामा युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चाका परिसद सदस्य गोबिन्द पौडेल, जनप्रतिनीथि तथा राजमोका जिल्ला सदस्य लोकनाथ शर्मा, राजमोका वडा सदस्य एल पि शर्माको आतित्थ्यता रहेको थियो ।

भेलाले ऋृषिराम शर्माको अध्यक्षतामा ९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा इन्दिरा शर्मा, सचिवमा दिपक शर्मा, सहसचिवमा सन्दीप पौडेल, कोषाध्यक्ष सुजाता शर्मा र सदस्यहरूमाः रामचन्द्र शर्मा, देबेन्द्र शर्मा रहनु भएको छ । त्यस्तै बैकल्पिक सदस्य नन्दु शर्मा र तिलक शर्मा चयन हुनु भएको छ ।

अखिल नपाल युवक संघले २१ गते बाग्लुङ बजारमा अभियान सञ्चालन गर्दै २२ गते बागलुङ नगरपालिकाको भेला गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here