– गोविन्द प्रसाद आचार्य
दियौ किन विदेशीलाई देश खोल्न साँचो
साझा देशको साँचो दिन तिम्लाई केको खाँचो
देश खोली विदेशीले के के लगिसक्यो
मुर्ख तिम्रा हाडमासु नशा चुसिसक्यो
देश खोल्न साँचो दिन हक कसले दियो
मुर्खहरु देश खोली नदी लगिदियो
सुधारका चर्का कुरा गर्दै हिड्नेलाई
राष्ट्रवादको ढोल पिटेर मै हुँ भन्नेलाई
सुकाइदियो विदेशीले शरीरको पानी
पानी खाने बानी छैन सुक्यो जिन्दगानी
देशको जीवन सुकाएर किन दियौ पानी
देश खोल्न साँचो दिने अगतिलो बानी
दिवाभोज रात्रीभोज जाँडपानीले चुठ्ने
हातमुख दात सफा जाड पानीले गर्ने
प्रकृतिको पानी गुमाई आयतित जाड
कल्पनाका उडन्ते गफ अब गर्न जाड
मुकुण्डोमा कति बस्छौ मुख लुकाएर
साँचो दिदा देश रोयो शिर झुकाएर
विदेशीलाई साँचो दिने होस्ल्याङफुसे बानी
फकाइफुल्याई नशामातमा लगिसक्यो पानी
सुगौलीमा देश काटेर गर्नु भुल गरे
तैभुलले बारम्बार नाकाबन्दी गरे
भाइ भन्ने सोच्या भए नाकाबन्दी किन
पानी लिन भाँडभैलो गराएको किन
दुई/चार उसका लठैतलाई कान फुकेर गयो
चुप लागेर बस्ने किन हाम्रो पानी लग्यो
प्रकृतिको पानी लग्यो देश सुकाएर
देश मात्र कहाँ हो र मुटु निचोरेर
मुर्खलाई सुताइदियो तातो बालुवामा
देश खोलेर पानी लग्यो उसका पालुवामा
दक्षिणमा यमराज बसेका छन् भन्थे
भयङ्कर डरलाग्दा कुरा सुनाउँथे
नपत्याऊँ सुने जस्तो आनिबानी उस्तै
देशमा जुनै आए पनि रुपरङ उस्तै
यमराजलाई रिजाउन साँचो दिनु हुन्न
यमराजको भर परेर हाम्रो विकास हुन्न
साँचो दिनु भुल भयो नसोचेको किन
सम्झौताको रसी कस्दा मुर्ख बन्छौ किन
सम्झौताका रसी तोड साँचो फिर्ता गर
कुला नहर विजुलीमा पानी खर्च गर
जता पनि सफा पानी पिउन दिनु प¥यो
मैलो पानी धुलोधुवाबाट बच्नु प¥यो
विस्तारवादले हाम्रो पानी कब्जा गर्नु हुन्न
सोचे हुन्छ विस्तारवादले देश बन्न दिन्न ।