माघ १६ गते नेपालमा शहिद दिवशको रुपमा मनाईन्छ । देशमा आधिकारीक रुपमा शहिदको संख्या नै जानकारी छैन । कसैले १२ हजार, कसैले १६ हजार कसैले कति, कसैले कति, गणनानै छैन । साञ्चै भन्नुपर्दा अहिलेसम्म शहिद कसलाई भन्ने ? त्यो पनि टुङ्गो लागेको छैन । तर शहिद दिवशलाई देशबिदेशमा बिभिन्न सैलिमा मनाइएकै छ । शहिद दिवशलाई औपचारिकता पुरा गर्न मात्रै होईन प्रेणाको रुपमा मनाउनु पर्छ ।
भनिन्छ, देशको पहिलो शहिद लखन थापा मगर (लक्ष्मन थापा) थिए । जो १८३५ मा गोर्खा जिल्लाको कहुले भङ्गरमा जन्मिएका एउटा बीर पुरुष थिए । उनलाई बि.स.१९३३ मा गोर्खा जिल्लाको मनकामाना मन्दिर परिसरमा एउटा खिर्वाको रुखमा झुण्डाएर मृत्यु दण्ड दिएको इतिहास भेट्टिन्छ । उनैका साथिहरु मध्य सात जाना साथिहरुलाई पनि पछि त्यहि मनकामनाको पछाडि हत्या गरिएको भन्ने तथ्यहरु पनि पाइन्छ ।
उनी को–को थिए, तथ्याङ्क भेटिंदैन । उनलाई जंग बहादुरको बिरुद्ध बिद्रोह गरेको आरोपमा राणाहरुले फाँसी दिएका थिए । जसलाई ठुलो संघर्ष पछि मात्र केहि बर्ष पहिले सन २००० फरवरी २ तारिक तत्कालिन राजा श्री ५ द्वारा शहिद घोषणा गरिएको थियो ।
त्यो भन्दा पहिले पनि राणाहरुले कतिमारे कुनैको कतै गन्ती छैन । तर पनि शहिदहरुको बारेमा भन्नुपर्दा राणाहरुको जाहानियाँ शासनको बिरुद्धमा बि.स. १९१४ मा माधवराज जोशीको छोरा शुक्रराज शास्त्रि, केदारमान व्याथित, मुरलीधर शर्मा, आनन्दराज, शंकर राज शर्मा, लगायत २१ जना नेपाली युवाहरु मिलेर काठमाण्डौ असन टोलमा एउटा नागरिक अधिकार समिति नामक संस्था खोलेका थिए । उसको उदेश्य सार्वजनिक संस्थानमा गिता लगायतको धर्मपाठ गरी भारतीय अखबारहरुमा राजा बिरोधी लेख छाप्ने कामगरी राणाहरुको विरोधमा जनचेतना फैलाउने थियो । तर यसकै एकजना सदस्य मुरलीधर शर्माले यस्को पोल खोलेको हुँदा राणाहरुले यसका सदस्यहरुलाई गिरफ्तार गरी अनेक यातना दिएका थिए ।
नेपालमा नेपाल प्रजापरिषदको स्थापना राणा बिरोधी आन्दोलनलाई उक्साउने उदेश्यले बिधिबतरुपमा स्थापित राजनैतिक पार्टिमा सबैभन्दा जेठो मान्निन्छ । यसको स्थापना १९९३ मा जेष्ठको २० गते धर्मभक्तको घरमा भएको थियो । टंकप्रशाद आचार्य, धर्मभक्त माथेमा, दशरथचन्द, रामहरी शर्मा र जीवनराम शर्मा यसका संस्थापक नेता थिए ।
बिस १९९७ भदौमा यसको कार्याकारणि चुनाव हुँदा टंकप्रसाद आचार्य– सभापती, दशरथ चन्द– उपसभापती, रामहरि शर्मा– मन्त्रि र गंगालाल श्रेष्ठ, गणेशमान सिंह, रामजी जोशी, पुष्करनाथ उप्रेती, गोबिन्दा प्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, चूडाप्रसाद, सिद्धिचरण श्रेष्ठ आदि यसका सदस्यहरु थिए ।
यसले भूमिगतरुपमा लुकिलुकी राणाहरुकै बिरुद्ध प्रचा छर्ने काम गर्यो । भारतबाट प्रकाशित हुने “जनता” र “यडभान्स” जस्ता पत्रिकाहरुमा लेखहरु छपाउँने गर्दथे । यसमा श्री ५ त्रिभुवनको पनि अप्रत्क्ष सहयोग रहेको इतिहासका दस्ताबेजहरुमा उल्लेख छन् ।
राणाहरुलाई यसको सुँईको लागिसकेको थियो । भन्निन्छः यस कै सदस्य रामजी जोशीले राणाहरु समक्ष पोल खोलिसकेका थिए । राणा सरकारले गोर्खा पत्रिका मै इस्तिहार छापी यसका सदस्यहरुलाई पक्रनेलाई रु. ५ हजार ईनाम घोषणा गर्यो । यसका नेताहरुको ब्यापक गिरफ्तारी भयो । राणाहरुले उनीहरुलाई साबित गराई सुनाउन जनरल शंकर शम्शेरको नेतृत्वमा बालकृष्ण शम्शेर, गंगाबहादुर, मानबहादुर, उपेन्द्र पुरुष ढकालको ५ सदस्यीय विशेष अदालत गठन गरिएको थियो । गिरफ्तार भएकालाई गम्भिर यातना दिएर साबित गरिएको थियो । यो
अदालतले गंगालाल, दशरथचन्द, शुक्रराज र धर्मभक्तलाई मृत्युदण्ड अरुलाई जन्म कैद र कैद गरी ३५ जनालाई दण्डित गरेको थियो । टंकप्रसाद, पुर्णप्रसाद, रामहरि शर्मा ब्रह्मण भएकाले उनलाई मृत्युदण्ड दिइएन । मृत्यु दण्डको सजाए पाएका मध्य १९९७ माघ ९ गते राति शुक्रराज शास्त्रिलाई टेकुमा झुँण्डाईयो, शुक्रराजको शरिरमा “सरकारको बिरोध गर्नेको यस्तो हालत हुन्छ” भन्ने लेखिएको कपडा राखेर एक दिन भरी त्यसै राखिएको थियो ।
माघ ११ गते धर्मभक्तलाई सिफलमा झुण्डाइएको थियो । माघ १४ गते गंगालाल र दशरथ चन्दलाई बिष्णुमतिमा भौँचाखुसिमा गोली ठोकेर मारिएको थियो । यसरी त्यो राणाहरुको बिरुद्धको पहिलो संगठनलाई र तिनका नेता कार्यक्रताहरुलाई दमन गरेको थियो । नेपालको इतिहासमा यस्ता स्वतन्त्रताको लागि शहिद भएका हरेकको लामो श्रृङ्खला छ । चाहे त्यो राणा बिरोधी आन्दोलन होस वा राजतन्त्रको बिरुद्धको आन्दोलन वा फेरि राष्ट्रिताको पक्षमा गरेको संघर्षमा परेर शहिद भएका हउन् । एकिकरणको लागि बीरगति पाएकाहरुको पनि लामो र ऐतिहासिक लिष्ट छँदैछ ।
२०४६, २०६२/६३ र त्यसका अघि र पछि कैयौँ राष्ट्रियता, जनतन्त्रको लागि रगत बगाएकाहरुको लामो लिष्ट पनि छ । तर सरकारी क्षेत्रमा शहिदहरुको बारेमा वास्तबिक जानकारी जनतामा गराउने र उनीबाट शिक्षा र प्रेणालिने ब्यबहार भन्दा पनि औपचारिकता पुरागर्ने काम मात्रै हुँदै आएको देखिन्छ ।
शहिदहरु प्रति हार्दिक नमनः १६ माघ २०७५