गंश्वरी प्रतिष्ठानद्वारा अक्ष्यकोष स्थापना तथा कविता प्रतियोतिता कार्यक्रम सम्पन्न

0
177

विनोद गैरे,
अर्घाखाँची । गङ्गेश्वरी प्रतिष्ठान छत्रदेव–६, अर्घाखाँचीले सहिद दिवसको अवसर पारेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रदेव– ६, ठुलापोखरा, अर्घाखाँचीमा कीर्तिशेष इश्वरी प्रसाद पाण्डे र गंङ्गादेवी पाण्डेको संझनामा एक भव्य कार्यक्रको आयोजना गरि रु. एक लाखको अक्ष्यकोष स्थापना तथा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमको विदिवत उद्घाटन गर्दै छत्रदेव गाउँपालिका ६ का वडा अध्यक्ष कमल पौडेलले कीर्तिशेष इश्वरी प्रसाद पाण्डे र गंङ्गादेवी पाण्डेको संझनामा विद्यालयमा अक्ष्यकोष स्थापना तथा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गर्नुभएकोमा समस्त पाण्डे परिवारलाई धन्यवाद दिदै शैक्षिक विकासमा पाण्डे परिवारले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेलले काठमाण्डौंमा स्थायी रुपमा बसोवास रहेता पनि आफ्नो जन्म स्थानमा यसरी गरिएको सामाजिक कार्य निकै उदारणीय भएको उल्लेख गर्दै विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न प्रतियोगिताहरु अपरिहार्य भएकोले निरन्तरताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्र.अ.शालिकराम उपाध्याय, लुम्विनी वाग्मय प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ साहित्यकार विष्णु बस्याल, सूर्यथुम संयुक्त क्याम्पसका प्रध्यापक देविराम पाण्डे, राष्ट्रिय जनमोर्चा छत्रदेवका अध्यक्ष नेत्र गैरे, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष तथा प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष विनोद गैरे, प्रगतिशिल पत्रकार संघ नेपाल गुल्मिका अध्यक्ष हरि न्यौपाने, स्थानीय स्वास्थ्य चौकी प्रमुख अस्मिता थापा, स्थानीय विद्यालयहरुका प्रधानाध्यापकहरु, बुद्धिजिवीहरु, परिवारका सदस्यहरु साथै स्थानीयहरुको उपस्थित रहेको थियो ।

औपचारीक कार्यक्रम उद्घाटन पश्चात सुरु भएको कविता प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट मिरा पाण्डे, रन्जिता भट्टराई र झरना पाण्डे, मालिका इङ्गलिस वोर्डिङ्ग स्कुलबाट सुजता रेग्मी, अस्मिता रेग्मी र विविषण श्रेष्ठ, भगवती आधारभूत विद्यालयबाट निरुता शाह, अनिषा डम्वरपाल र राजन पाण्डे त्यस्तै सरस्वती आधारभूत विद्यालयबाट सरिता वि.कले भाग लिएका थिए ।

प्रतियोगी मध्येबाट मालिका इङ्गलिस वोर्डिङ्ग स्कुलकी अस्मिता रेग्मी प्रथम, सरस्वती आधारभूत विद्यालयकी सरिता विक द्वितीय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी रन्जिता भट्टराई तीतृय र भगवती आधारभूत विद्यालयका राजन पाण्डेले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तीतृय र सान्त्वना हुनेलाई जनही रु. २०००, १५००, १०००, ५००, प्रमाण पत्र, अविर तथा फुलमालाले सम्मान गरिएको थियो ।

प्रतिष्ठानले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रदेव–६, ठुलापोखरा, अर्घाखाँचीमा निकट भविश्यमै सुविधा सम्पन्न वुक कर्नरको स्थापना गर्ने पनि घोषणा गरेको छ । कार्यक्रम प्रतिष्ठानका संरक्षक चिरन्जीवी पाण्डेको अध्यक्षता, प्रतिष्ठानका अध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्य तथा सदस्य लक्ष्मणदेव पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here