प्राकृतिक श्रोत साधनको अनियन्त्रीत दोहन बन्द गर्न राजमोको माग

0
174

माघ १५, दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधनको अनियंत्रित दोहनको विरुद्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा एकातर्फ उपभोक्ताले सहज रुपमा सामान नपाउने अर्कातर्फ बाहिर निकासी गर्ने यि दुबै कुरा गलत हो । अबैज्ञानिक तथा अबैधानिक उत्खनन कार्यलाई रोकि उत्खननलाई ब्यबस्थित गर्न जोड दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र जिल्ला समन्व प्रमुख जितेन्द्रमान नेपालीले जताततै बेथिती रहेको र यसमा रोक्न कठिन भएको बताए । राजमोको ध्यानाकर्षण पत्रले आफूहरुको ध्यानाकर्षीत भएको समेत वहाँहरुको भनाई थियो । उत्खनन् कार्यलाइ ब्यबस्थित गर्न लागिपर्ने जिल्ला प्रमुख गोविन्द प्रसाद रिजालले दिए । ध्यानाकर्षण पत्र बुझाए लगत्तै तुलसीपुर चोकमा पुगेर कोण सभा भएको थियोे । कोणसभामा जिल्ला अध्यक्ष गणेश आचार्य, सचिब वसन्त पौडेल र सदस्य कपिलदेब खनाल मन्तव्य दिनुभएको थियोे ।

विश्वकै दोस्रो ठुलो उपत्यकाका रूपमा रहेको दाङ उपत्यकाको रमणीयता, जलाधार र पर्यावरवण, हरियाली, मानव जीवन र जैविक विविधता समेतलाई चुनौती दिएको परिदृष्यमा सरकार र सरकारको सम्बन्धित निकायले चुनढुङ्गा उत्खनन्लाई तुरुन्तै रोक लागाउनु पर्नेमा समेत ध्यानाकर्षण पत्रमा जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here