अखिल छैठौंले संघीयता विरुद्ध काठमाडौं मार्च गर्ने

0
207
फोटो : पदम केसीको फेसबुक वालबाट

अखिल छैठौंको तेश्रो पूर्ण बैठक अर्घाखाँचीमा सम्पन्न

पौष २८, अर्घाखाँची । अखिल (छैठौं)ले २०७६ (जेठ १५ गतेदेखि १९ गते) ५ दिनसम्म ‘संघीयताविरुद्ध काठमाडौं मार्च’ सञ्चालन गर्ने जनाएको छ । अर्घाखाँचीमा सम्पन्न अखिल (छैठौं) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलेको सो निर्णय गरेको हो । बैठक पछि छैठौंका अध्यक्ष विमल पोखरेलद्वारा जारि विज्ञप्ती उल्लेख छ ।

छैठौंले संघीयता खारेजीको आन्दोलनलाई अझ उचाइमा पुराइ संघीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । अखिल (छैठौं)ले २०७६ (जेठ १५ गतेदेखि १९ गते) ५ दिनसम्म ‘संघीयताविरुद्ध काठमाडौं मार्च’ सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । उक्त मार्चलाई सशक्त बनाउन सम्पूर्ण प्रदेश समिति, जिल्ला समिति, क्याम्पस समिति, गाउँ समितिहरुलाई व्यापक परिचालन गरी हजारौं विद्यार्थीहरुलाई काठमाडौंमा हुने मार्चपासमा सहभागी गराइने छैठौंले जानकारी गराएको छ ।

विज्ञप्तीमा पोखरेलले भन्नु भएको छः “संघीयताले देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता कमजोर बन्दै गएको छ । अस्थिरता, भ्रष्टाचार, करआतंक बढ्दै गएको छ ।” विज्ञप्तीमा प्रदेश सरकारको कुनै काम नभएको उल्लेख गर्दै पोखरेलले भन्नुभएको छः “प्रदेश सरकारले मनोमानी ढंगले आर्थिक अराजकता मच्याएका छन् । देशलाई आर्थिक बोझ बनाउने प्रदेश सरकारको कुनै काम छैन । त्यसको तत्काल खारेजी हुनुपर्दछ ।”

त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई संघीयता विरुद्ध आन्दोलनकै रुपमा उपयोग गर्ने छैठौंले निर्णय गरेको विज्ञप्ती मार्फत जनाएको छ । देशमा भइरहेको भ्रष्टाचार, महंगी, शैक्षिक व्यापारीकरण, माफियारण र अराजकता अन्त्यको आन्दोलनकै रुपमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सहभागी हुने र चुनावमा आवश्यकता अनुसार गणतन्त्र पक्षधर विद्यार्थी संगठनहरुसँग तालमेल गर्न सकिने ढोका समेत खुल्ला राखेको छ । “तर मधेसवादी, जातिवादी र राजावादी संगठनहरुसँग कुनै पनि प्रकारको तालमेल हुनेछैन ।”

संगठनमा रिक्त केन्द्रीय सदस्यमा शिव चालिसे र दिलीप बुढामगर (बाग्लुङ), वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र पौडेललाई केन्द्रीय सदस्यमा पदोन्नति र विष्णु केसी (अर्घाखाँची) लाई वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको छैठौंले विज्ञप्तीमा जनाएको छ ।

अखिल (छैठौं) दाङका जिल्ला सदस्य विजय जीएम र राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सभासद टेकबहादुर घर्तीको असामयिक निधनप्रति बैठकले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here