संगठन नै राजनीतिका लागि सबैभन्दा ठूलो पाटो हो : दुर्गा पौडेल

0
411

बुटवल । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले संगठन नै राजनीतिका लागि सबै भन्दा ठूलो पाटो भएको बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चाको आजदेखि बुटवलमा शुरुभएको राष्ट्रिय परिषदको उद्घाटन समारोहमा मन्तव्य दिंदै पौडेलले भन्नु भयो– “हरेक प्रकारका विकृतिहरु चाहे महिला हिंसाका कुरा गर्नुहोस्, चाहे बलात्कारका कुरा गर्नु होस्, चाहे महंगीका कुरा गर्नु होस्, जनताका जनजिवीकाका कुरा उठाउनु होस्, हरेक पक्षहरुसँग जुध्ने आँट र यि चिहरुलाई परास्त गरेर जनताका माग र प्रगतिशिल मागहरुलाई स्थापना गर्नका निम्ती चाहिने भनेको सबैभन्दा महत्वपूर्ण पाटो संगठन हो ।” पौडेलले भन्नु भयो– “त्यसैले हामीले संगठनलाई कसरी मज्बुत बनाउन सक्छौं ? अहिलेका जल्दा बल्दा समस्याहरुसँग कसरी जुध्न सक्छौं ?”

राष्ट्रिय जनमोर्चाले राजनीतिक लाइन सहि रुपले आजसम्म जसरी जनताका समस्याहरुलाई उजागार गर्दै नेपाली जनताका माझमा लिएर जानुका साथै नेतृत्व गर्न सफल भएको पौडेलले जोड दिनु भयो ।

पार्टीका आगामि कार्यक्रमहरुलाई अगाडि लैजानको निम्ती संगठन मजबुत, परिस्कृत र एकमना एकताका साथ अगाडि बढाउनका लागि निम्ती समस्यालाई पहिचान गरिनु पर्ने समेत बताउनु भयो । पौडेलले भन्नु भयो– “हामी कसरी लाग्यौं भने उचित हुन्छ त्यसलाई ठिकसँग पहिल्याउनु पर्ने आवश्यकता छ ।”

वर्तमान परिस्थिति बारे बताउँदै– “समस्याका नयाँ नयाँ रुपहरु आएका छन् कसरी गयौं भने यो बाटोमा हामी हाम्रो गन्तव्यमा चुम्न सक्छौं, यो महत्वपूर्ण पाटो छ ।” नेतृ पौडेलले भन्नु भयो– “यो सोंचनीय विषय छ । त्यसैले यी विषयहरुमा हामी सबैको निम्ती, हाम्रो संगठन मजबुत बनाउनका निम्ती र यसप्रकारका समस्याहरुसँग जुध्नका निम्ती कसरी अगाडि जान सकिन्छ, त्यो बाटोमा जानका निम्ती यहाँहरुबाट महत्वपूर्ण सुझावहरु आउनु छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here