पौष २१, काठमाडौं । टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त, डिल्लीबजार कारागारमा उक्त अभियोगको पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सरकारको निर्णयले प्रतिनिधिसभा सांसदको सपथ ग्रहण गराईएकोप्रति अखिल नेपाल युवक संघको गम्भीररुपमा ध्यानाकर्षण भएको बताएको छ । उनीमाथि टिकापुर काण्डमा एकजना नाबालक सहित नौजना मानिसहरुको हत्या गरेको आरोप छ र त्यस आरोपमा उनी थुनामा छन् ।
संघका केन्द्रीय अध्यक्ष अनिकिशोर घिमिरेले एक विज्ञप्ती जारी गरि भनेका छन्– “यस्तो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु अत्यन्त आपत्तिजनक र गलत कार्य हो ।” विज्ञप्तीमा उल्लेख छः “यस कार्यको हामीले तिब्र भ्रत्सना गर्दछौ ।”
वास्तवमा मधेशवादीहरु र भारतको दबावको अगाडि घुडा टेकेर सरकारले रेशमलाल चौधरीलाई सपथ ग्रहण गराउने गैर कानुनी र अनैतिक राजनीतिक कार्य गरेको छ । यसले कानुनी राज्यको धज्जी उडेको युवक संघले बताएको । यसले मुलुकमा दण्डहीनतालाई मौलाउने मौका दिने र मुलुक झन अराजकता तिर जाने खतरा हुने युवक संघको धारणा छ । अपराधीहरुलाई संरक्षण नगर्न र कडा सजायको ब्यबस्था गर्न हामीले सरकारसंग युवक संघले विज्ञप्ती मार्फत माग गरेको छ ।
“वाइडबोडी प्रकरणमा अरबौ भ्रस्टाचार भएको ठहर गरि संसदीय उपसमितिले पुर्ब मन्त्रीहरु र बहालवाला मन्त्री समेतलाई कार्बाहिको दायरामा ल्याउनुपर्ने प्रतिबेदन बुझाएपछी पनि त्यसलाई विभिन्न बाहानामा जोगाउने प्रयत्न हुनु गम्भीर कुरा हो ।” युवक संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छः– “नैतिकताको आधारमा सम्बन्धित मन्त्री लगाएत अन्य उच्च अधिकारीहरुले राजिनामा गरि अनुशन्धान प्रक्रियालाई थप सहयोग पुर्याउन र दोषीहरुलाई कडा भन्दा कडा कार्बाही गर्न माग गर्दछौं ।”