माओ दिवसमा विचार गोष्ठी गरिने

0
345

पुष ८, दाङ । आगामी पुष ११ गतेका दिन १२६औं माओ दिवसको अवसरमा विचार गोष्ठी गरिने भएको छ । वाम सहकार्यका लागि साझा मञ्च, दाङका संयोजक सुशील गौतमको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा पेश गर्नका लागि “माक्र्सवादको विकासमा माओको योगदान” विषयक कार्यपत्र लेखनको जिम्मा शशिधर भण्डारीलाई दिएको छ ।

कार्यपत्र माथि हिरामिण दु:खी र सन्तबहादुर नेपालीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वरिष्ठ प्रगतिशील साहित्यकार अमर गिरी लगायतका वक्ताहरुले आफनो विचार राख्नुहुनेछ ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि कार्यक्रम संयोजकको जिम्मेवारी रामप्रसाद जैसीलाई तोकिएको आयोजक समितिले बताएको छ । सो कार्यक्रममा उपस्थितिको लागि माओ विचार वा वादप्रति आस्थावान सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आमन्त्रण गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रम पुष ११ गते बिहान ११:३० बजे पत्रकार महासंघ, दाङ शाखाको हलमा हुने जानकारी कार्यक्रम संयोजक राम प्रसाद जैसीले दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here