नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाद्वारा समवेदना

0
393

काठमाडौं । २०७५ साल पौष ६ गते दाङ र सल्यान जिल्लाको सिमाना नजिक तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा शिक्षक र विद्यार्थी लिएर शैक्षिक भ्रमणको लागि सल्यानको कपुरकोट गएर फर्किदै गरेको बा.४ ख ९७६६ नं. को बस दुर्घटना हुँदा शिक्षक तथा दर्जनौँ विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको दुखद घटनाप्रति नेकपा (मसाल) गम्भीर दुःख प्रकट गरेको छ ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीले प्रेस वक्तव्य जारी गरि भन्नु भएको छः– “उक्त घटनाका मृतकहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको तत्काल उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।”

त्यसैगरी राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले पनि समवेदना प्रकट गरेको छ । पार्टीका महासचिव जनकराज शर्माले एक विज्ञप्ती जारी गरि भन्नु भएको छ ः–“कृष्णसेन इच्छुक बहुप्राविधि शिक्षालय दाङबाट शिक्षक र विद्यार्थी सहितको शैक्षिक भ्रमणटोली दाङबाट सल्यानको कपुरकोट गई फर्किने क्रममा दाङ र सल्यानको सिमाना तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा २०७५ पौष ६ गते बा. ४ ख ९७६६ नं. को बस दुर्घटना हुँदा भ्रमण टोलीमा गएका दजनौं विद्यार्थी, शिक्षको मृत्यु भएको, केही घाइते भएको खबरले हामीलाई स्तब्ध र दुःखी बनाएको छ । त्यो दुखद घटनाप्रति राष्ट्रिय जनमोर्चा गम्भीर दुःख प्रकट गर्दछ ।”

शर्माले अगाडि लेख्नु भएको छः– “दुःखको यस घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै घाइतेहरुलाई यथासक्य छिटो उपचारको व्यवस्था गर्न समेत सरकारस“ग जोडदार माग गर्दछ । सरकारको यातायात सम्बन्धि फितलो नीति र कमजोर व्यवस्थापनको परिणाम दिनहु“ यस प्रकारका दुर्घटनाहरु हुन गइ ठूलो धनजनको क्षति हुने गरेकोले यस क्षेत्रमा अविलम्ब सचेत हुन नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here