पौष ६, दाङ । नेपाल सरकार एसिया प्यासिफिक समिटमा सहभागी भएर नेपालको संबिधानको भावना माथी चोट पुराएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले आयोजना गरेको धर्मनिरपेक्षता र एशिया प्यासिफिक समिटमा सरकारको सहभागिता विषयक अन्तक्रिया कार्यक्रमलाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारमा बस्नेहरु संधैभरी आप्mनो फाइदा र सत्ता स्वार्थको लागि बिदेशी शक्तिद्वारा परिचालित भएको कुरा बताउनु भयो ।
“एकातर्फ पश्चिमाहरु धर्म परिबर्तनको अभियानमा लाग्ने अर्कातर्फ सरकार नै धार्मिक कार्यक्रममा सहभागी हुने । यो कुराले सरकार आप्mै संबिधानको मर्म र भावना बिपरित भएको छ ।” नेपालीले भन्नु भयो– “अफुलाई कम्युनिष्ट बताउनेहरु नै यस्ता कार्यक्रममा सहभागी हुनु लज्जास्पद विषय भएको कुरा हो ।”
अखिल नेपाल बुद्धिजीवी संघका पुर्ब महासचिव शशिधर भण्डारीले नेपालमा धेरै पहिलादेखि नै क्रिश्चियनहरुको सक्रियता बढेको र अहिले सरकार नै यस्मा सहभागी हुँदा देशको स्वाभिमान गुमेको कुरा बताउनु भयो ।
प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले राष्ट्रिय जनमोर्चाले मात्र यस्ता बैचारिक बिषयमा कार्यक्रम गर्ने गरेको बताउँदै बिचारधारामा आएको स्खलनप्रति दुःख ब्यक्त गर्नु भयो ।
नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालले नेपालमा क्रिश्चिनको सुरुवाती अबस्थादेखि अहिलेसम्मको अबस्थाको बारेमा प्रकाश पार्नु भएको थियोे ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) जिल्ला प्रबक्ता भरत भण्डारी, नेपाली काङ्ग्रेस जिल्ला उपसभापती कमान सिंह भारती, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त लगायतले मन्तव्य राख्नु भएको थियो ।
जिल्ला कोषाध्यक्ष श्यामलाल पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शुक्रराज भण्डारीले गर्नुभएको थियोे ।