आज दाङमा राजमोको अन्तरक्रिया कार्यक्रम हुने

0
267

पौष ५, दाङ । राष्ट्रिय जनमोर्चा दाङले युनिभर्सल पिस फेडरेसनद्वारा दाङमा “धर्म निरपेक्षता र एशिया प्यासिफिक समिटले उब्जाएको प्रश्नहरु” विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न पार्ने भएको छ । पौष ५ गतेका दिन पत्रकार महासंघको सभाहलमा दिउँसो १२ : ३० बजे देखि शुरु हुने बताइएको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्ला बासी सम्पूर्ण बुद्धिजीवीहरु, पत्रकार, नागरिक समाज, तथा राजनीतिक सरोकारवालाहरुलाई यसै समाचार मार्फत जानकारी गराउनु भएको छ । आचार्यले सम्पूर्णलाई कार्यक्रममा सहभागिताका लागि समेत अनुरोध गर्नुभएको छ ।

२०७५ मङ्सिर १३देखि १६ गतेसम्म काठमाडौँमा आयोजित उक्त समिटमा सरकारको सहभागिताले धर्म निरपेक्ष राष्ट्रको खिल्ली उडाउँदै इसाईकरणलाई प्रश्रय दिएको बताउँदै राजमोले त्यसका विरुद्ध देशव्यापी विरोध सभा गर्ने घोषणा सहितको प्रेस वक्तव्य २०७५ मङ्सिर २५ मा जारी गरेको थियो । राजमो केन्द्रको सोही घोषणा अनुरूप देशका विभिन्न भागमा विरोध सभाहरू सम्पन्न गरिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here