युएई । युएई नेपाली एकता समाजले का. टेक बहादुर घर्तीप्रति श्रद्धान्जली प्रकट गर्दै शोक सभा सम्पन्न गरेको छ । शोकसभाको अध्यक्षता साबित्रा घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा युएइ संस्थापक सदस्य कृष्ण भुसाल, युएइ नेपाली एकता समाजका निवर्तमान कोषाध्यक्ष लेखनाथ अधिकारी, दुबई क्षेत्रीय समितिका सचिव केपि बिरही, महिला विभागकी सचिव अर्चना सुबेदी, बाग्लुङ सेवा समाजका अध्यक्ष रत्न बिक, रक्तिम विभागका राम अविरल, किरन सापकोटा लगायतले शोक मन्तव्य प्रकट गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन युएई नेपाली एकता समाजका केन्द्रीय सचिव विष्णु गैरेले गर्नुभएको थियो ।