मालिकद्वारा पिटिए श्रमिक नेपाली

0
264

जयपुर । जयपुरको सिस्किम स्थित एक घरमा चौकीदारी काम गर्दै आएका एक नेपाली श्रमिक पिटिएका छन् । उनी विराटनगर उपमहानगर पालिका वडा नम्बर ६ गाउँ जामुन जिल्ला मोरङ निवासी बलबहादुरको छोरा गणेश बहादुर चौहान हुन् ।

उनले केही समय त्यहाँ नौकरी गरे पछी त्यहाँदेखि नोकरी छाडेर नजिकैको अर्को मालिकको घरमा चौकीदारी काम गर्न थालेका थिए । उनले पहिला काम गरेको उनको पुरानो मालिक उनीदेखि आवेशमा आएर २ डिसेम्बर २०१८ का दिन उनी माथि कुटपिट गरेका थिए ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरमा प्राप्त भएपश्चात तुरुन्तै कार्यकर्ताहरु मध्यपश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, जयपुर उत्तरका मंगलसिंह खड़का, बासु नेपाली, जयपुर दक्षिणका अध्यक्ष ओम थापा लगायतका कार्यकर्ताहरुले उक्त मालिकको पुगेको थियो । तत्पश्चात मालिकले आफूले कुटपिट गरेको स्वीकार गरेका थिए । उक्त व्यक्तिले गल्ती स्वीकार गरेका थिए । पीडित गणेश बहादुरलाई उपचारका लाथि रु. २५ हजार क्षतिपूर्ति दिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here