बुटवल । राष्ट्रिय जनमोर्चाले २०७५ मङ्सिर ४ गतेकै दिन प्रदेश नं. ५ र ७ मा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नं. ५ को बुटवलमा राजमो रूपन्देहीको आयोजनामा “सङ्घीयताको प्रादेशिक संरचना र स्थानीय तहबीचको अन्तरविरोध” विषयक अन्तरक्रिया सम्पन्न गरिएको थियो । अन्तरक्रियामा अवधारणा पत्र प्रमुख अतिथि राजमो उपाध्यक्ष एव्र प्रवक्ता तथा सांसद दुर्गा पौडेलले प्रस्तुत गर्नु भएको थियो । राजमोका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको समेत विशिष्ट आतिथ्यता रहेको सो अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्रमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देहीका नेता तेजेन्द्र केसी, नेपाली काङ्ग्रेस रूपन्देहीका उपसभापति फणिन्द्र शर्मा, नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासी, देशभक्त जनतान्त्रिक मोर्चा रूपन्देहीका अध्यक्ष केजी कुमार पौडेल रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ लगायतका अतिथिहरुले टिप्पणी गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम राजमो रूपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता, सचिव दिपक पौड्यालको सञ्चालन र कोषाध्यक्ष टान बहादुर केसीको स्वागत मन्तव्यबाट अघि बढेको थियो ।
त्यस्तै, मङ्सिर ४ गतेकै दिन राजमोले कञ्चनपुरको महेन्द्रनगरमा समेत “देशमा बढ्दो बलात्कार, हत्या र हिंसाका समस्या” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियामा अवधारणा पत्र प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले प्रस्तुत गर्नु भएको थियो भने विशिष्ट अतिथि राजमोकी केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ की सांसद तारा जिसी रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा राजमोका केन्द्रीय सदस्य मनोज भट्ट, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल (छैठौं) का महासचिव महेशराज जोशी र राजमो सुदूर पश्चिम प्रदेश समितिका सदस्य वेणिमाधव जोशीको समेत आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता राजमोका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम क्षेत्रीय समितिका अध्यक्ष नन्दराज भट्टले गर्नु भएको थियो भने सञ्चालन कञ्चनपुर जिल्ला सचिव राम बहादुर कार्कीले गर्नु भएको थियो । अन्तरक्रियामा स्वागत मन्तव्य राजमोकी केन्द्रीय सदस्य कल्पना भण्डारीले राख्नु भएको थियो ।