काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं जनप्रिय नेता चित्र बहादुर केसीले देशमा अहिले पनि राजतन्त्र पुनस्र्थापनाको खतरा रहेको बताउनु भएको छ । “स्रामाज्यवादीहरुलाई पनि यति धेरै पार्टीहरु खेलाउनुभन्दा एउटा राजालाई खेलाउन सजिलो हुन्छ । भारतकै मोदी सरकार पनि नेपालमा राजतन्त्र पुनस्र्थापनामा लागिरहेको छ । देशभित्र राजावादी शक्तिहरुले हिन्दू राज्यका नाममा राजतन्त्र फर्काउने प्रयत्न गरिरहेका छन् ।” अध्यक्ष केसीले भन्नु भएको छ– “नेपालमा अहिले पनि राजतन्त्र पुनस्र्थापनाको खतरा छ ।”
अध्यक्ष केसीले उक्त कुरा २०७५ मङ्सिर ४ गते राजमो काठमाडौंद्वारा काठमाडौँको भुकुटीमण्डपस्थित रिपोट्र्स क्लबको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै बताउनु भएको हो । अन्तरक्रियामा “वर्तमान राजनैतिक परिस्थिति र राजतन्त्र पुनस्र्थापनाको खतरा” विषयक अवधारणापत्र समेत प्रस्तुत गर्नु भएका अध्यक्ष केसीले देशमा गणतन्त्र आए पनि राज्य संयन्त्रमा कुनै परिवर्तन आउन नसकेको बताउनु भयो । “देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु फेरिएका छन् । देशमा गणतन्त्र आएको छ । तर राज्यको उपरी संरचना अझै बदलिएको छैन ।” अध्यक्ष केसीले भन्नु भयो– “सत्ता र सरकार भन्ने ठाउँ यस्तो अन्धो चिज रहेछ, जहाा बसेपछि मान्छेले आफ्नो स्वार्थ वाहेक अरू केही देख्नै नसक्ने ।” देशी–विदेशी प्रतिक्रियावादीहरुले नेपालमा राजतन्त्र पुनस्र्थापना गर्न खोजे पनि नेपाली जनताको एकीकृत बलले प्रतिकृयावादीहरुको राजतन्त्र पुनस्र्थापना गर्ने प्रयासलाई विफल पारिदिने विश्वास पनि अध्यक्ष केसीले सम्बोधनका क्रममा व्यक्त गर्नु भयो । राजतन्त्र मानव जातिले नै त्याग्दै गएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष केसीले नेपालमा राजतन्त्र पुनस्र्थापनाको सपना नदेख्न देशी–विदेशी प्रतिकृयावादीहरुलाई चेतावनी समेत दिनु भयो ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीले नेपालमा अहिले कम्युनिस्ट क्रान्तिकारीहरु गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत विकास गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । “हामीले क्रान्तिकारी नारा मात्र दिएर हुँदैन, देशको परिस्थिति र कम्युनिस्टहरुको आत्मगत अवस्थालाई पनि ध्यान दिनु पर्छ” उहाँले भन्नु भयो– “गणतन्त्र र धर्म निरपेक्षता लगायतका उपलब्धिहरुलाई संस्थागत विकास गरेर त्यसैमाथि टेकेर नै अहिले कम्युनिस्ट क्रान्तिकारीहरु अघि बढ्नु पर्दछ ।”
प्रस्तुत अवधारणामाथि आफ्नो धारणा राख्दै नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटव्युरो सदस्य दिनेश शर्माले पुनरुत्थानवादीका विरुद्वमा मात्र नभई यथास्थितवादीहरुका विरुद्वमा पनि मोर्चा कस्नु पर्ने बताउनु भयो । “यो व्यवस्था, यो संविधान, यो राज्य संयन्त्र अन्तर्गत जुनसुकै पार्टी सरकारमा गए पनि जनताको पक्षमा काम हुन सक्दैन” उहााले भन्नु भयो– “राजमोले राजतन्त्र पुनस्र्थापनाको जुन खतरा औल्याएको छ, त्यस्तो खतरा छादै छैन भन्ने होइन, त्यो खतरा सधौ रहन्छ । तर क्रान्तिकारी कम्युनिस्टहरुले अहिले पुनरुत्थानवादीहरुका विरुद्ध मात्र होइन, यथास्थितिवादी र सबैखाले अवसरवादीहरुका विरुद्धमा सडक आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकता छ ।” अवधारणा पत्रमाथि फ्लोरबाट आफ्नो टिप्पणी राख्दै पत्रकार सेनानी तथा हााक साप्ताहिकका प्रकाशक/सम्पादक गोविन्द सिंह थापाले प्रस्तुत अवधारणा पत्रलाई दृढतापूर्वक समर्थन गर्नुभयो । उहााले देशमा राष्ट्रियता दिन–प्रतिदिन कमजोर बन्दै गएको, हत्या, हिंसा, बलात्कार र चर्को करवृद्धि लगायतका कारण जनताको दैनिक जीवन अस्तव्यस्त बन्दै गइरहेकाले जनजीविकिाका तिनै विविध विषयहरुमा समेत आन्दोलन अघि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो । प्रस्तुत अवधारणा पत्रमाथि फ्लोरबाट विमल पोख्रेल, सुवास जिसी, दिवस पौडेल र कृष्ण गौतमले समेत टिप्पणी गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासेले गर्नु भएको थियो । सञ्चालन सचिव जगत रेग्मीले गर्नु भएको थियो भने स्वागत मन्तव्य सहसचिव तथा काठमाडौँ महानगर समितिकी अध्यक्ष ऋतु केसीले राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर थापा, वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मी केसी, अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंह, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव भक्त विक र अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय कोषाध्यक्ष अधिवक्ता लक्ष्मणदेव पाण्डेको समेत आतिथ्यता रहेको थियो ।