हिउँमा पूरिएका श्रमिकहरुको मूल प्रवाहद्वारा उद्दार

0
627
कुल्लु । रोजगारीको खोजीमा भारतको जम्मु कश्मिर स्थित पदम गाउँ कारगिल पुगेका नेपालीहरु दशैं मान्न घर फर्किने क्रममा हिमाचलको लाहुल स्पितीमा हिउँमा पुरिंदा ३ वर्षको बालक सहित अत्यन्तै जोखिममा रहेका थिए । एक ३ वर्षको र एक ४ वर्षको बालकहरु सहित २४ जना हिउँमा पुरिंदा करिब मृत अवस्थामा पुगेकाहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनाली नगर समिति र भुन्तर नगर समितिको संयुक्त पहलमा उद्दार गरिएको छ ।
                  प्राप्त जानकारी अनुसार उनीहरु कारगिलबाट २१ सितम्बरको हिंडेका तर उनीहरु हिंडेसँगै २४ सितम्बर सम्म अत्याधिक वर्षाका कारण हिमाचलको लाहुल स्पितीको सिंजला भन्ने ठाउँमा अन्दाजी ५ फिट वर्षबारी हुँदा सम्पर्क विहिन हुनुका साथै पुरिन पुगेका थिए ।
                   उनीहरु ३ दिनसम्म भोकै, प्यासै र हिउँको चिसोमा कठांग्रीएर करिब मृत अवस्थामा पुगेको उनीहरु नज्दिकको ग्रिप क्याम्पमा सरण लिन पुगेका थिए । क्यामको सहयोगमा उनीहरुलाई एम्बुृलेन्सबाट केलांग पुर्याइएको थियो । केलांगबाट कुल्लु हस्पिटलमा पुर्याइएका उनीहरुको अस्पताल प्रशासनले खासै चासो नराखेको खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्राप्त हुना साथ कुल्लु मनाली नगर समिति र भून्तर नगर समितिका नेता तथा कार्यकर्ताहरु अपस्पतालमा पुगि उनीहरुको उपचारका लागि पहल गरेका थिए । संगठनका प्रतिनिधिहरुले अस्पताल प्रशासन माथि दिएको दबाब पछि उनीहरुको उपचार गरिएको थियो। स्थानिय विभिन्न संघ संस्थाहरुले समेत विभिन्न प्रकारले उनीहरुलाई सहयोग गरेका थिए ।
                 उक्त घटनामा पर्नेहरु जाजरकोटा त्रिबेनी नलघाट नगरपालिका १ चिउरी निवासीहरु क्रमशः परिमल महरा वर्ष २७, ललित महरा वर्ष २८, हरिबहादुर महरा वर्ष ३०, हेमराज रावत वर्ष ४०, दिपक रावत वर्ष १५, विना महारा वर्ष २२, यादव राज चनरा वर्ष २२, अस्मिता चनरा वर्ष २०, राजिव महरा वर्ष १८, अविलाल महरा वर्ष १५, सशी महरा वर्ष ५५, मानव चनरा वर्ष ४ र क्रिस वर्ष ३ रहेका छन् ।
                     त्यस्तै रुकुम आठविसकोट नगरपालिका १५ निवासी मनिराम पुन वर्ष २०, कविराज पुन वर्ष २०, चक्र बहादुर पुन वर्ष ३९, नर बहादुर थापा वर्ष ४०, क्रिपालाल नेपाली वर्ष ४०, बाबुराजा पुन वर्ष २२, जुद्धवीर पुन वर्ष ५१, दिपक चौधारा वर्ष २५, डिल कुमारी पुन वर्ष ४२ र नन्दकुमारी पुन वर्ष ४५ रहेका छन् ।
                      हस्पिटल प्रशासन र कुल्लु मनाली र भून्तर नगर समितिका कार्यकर्ताहरुले दिएको जानकारी अनुसार उनीहरुको उपचार पश्चात स्वदेश पठाई सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here