असोज २१, दाङ । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान निरन्तर चलेको छ । “संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर” भन्ने मुल नाराका साथ चलेको अभियान जिल्लाका विभिन्न भागमा चलिरहेको छ ।
अभियान कै सिलसिलामा विभिन्न पार्टी परित्याग गरि दर्जनौंले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छन् । अभियान अझै निरन्तर चल्ने जिल्ला अध्यक्ष गणेश आचार्यले जनाउनु भएको छ ।
यसै क्रममा तुलसीपुर उपमहानगर पालिकाका विभिन्न ठाउँहरुमा अभियान चलेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा चलेको अभियानमा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छन् ।
अभियानको क्रममा पार्टीका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर जनताको समस्या बुझ्नुका साथै उनीहरुका समस्या समाधानका लागि सहयोग पुराउने काम समेत भएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भएको छ । जनताले सरकारको कृयाकलापको बिरोध गर्नुका साथै जनताको ढाड सेक्ने गरि कर वृद्धि भएकोमा अक्रोस व्यक्त गरेको अभियानमा सहभागि एकजना सदस्यले हामीलाई बताए । अभियान तुलसिपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउपालिका, राप्ती गाउपालिका, गढवा गाउपालिकामा छुट्टाछुट्टै टोलि निर्माण गरि चलेको छ ।