अनेरास्ववियु (छैठौं) कपिलवस्तुको १७औं सम्मेलन सम्पन्न

0
401

असौज २०, कपिलवस्तु । राष्ट्रिय जनमोर्चाको निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कपिलवस्तुको १७ औं जिल्ला सम्मेलन गोरुसिंगेमा सम्पन्न भएको छ ।

“सम्पुर्ण वामपन्थि, प्रगतीशिल, देशभत्त तथा जनतान्त्रिक विद्यार्थीहरु एक हौं, शैक्षिक निजिकरणको विरुद्ध तथा राष्ट्रियताको रक्षाका लागि १७ औं जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले रिसव आचार्यको अध्यक्षतामा ११ सदस्यीय अखिल छैठौं कपिलवस्तु चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकास वराल, सचिवमा अञ्जली भुसान, सहसचिवमा रेशमराज भाट र कोषाध्यक्षमा मिना आर्चाय रहेका छन् । त्यस्तै सदस्यहरुमा अस्मिता खनाल, सजिंला बुढा मगर, टिना अदै र सविता शर्मा चयन भएका छन् ।

कार्यक्रममा छैठौंका केन्द्रीय सदस्य सुमन भण्डारीले शिक्षा र स्वास्थ्यमा देखिएको बेथितीले यी दुबै क्षेत्रमा ब्यापारीकरण, माफियाकरण र गैरजिम्मेवार प्रवृति मौलाएको बताए । “शिक्षा र स्वास्थ्य आधारभुत आवस्यकता भएकाले जोखिम मोल्न नपर्ने र लुट मच्चाउन पाइने भएपछि अस्वस्थ प्रकारको लगानी भएको छ ।” भण्डारीले भने– “यो लगानी जनताको आवस्यकताको नभइ ब्यापारीको फाइदाको लागी भइरहेकोले छ ।”

शैक्षिक, निजिकरण, उदारीकरण र संघीयता विरुद्ध हाम्रो आन्दोन जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागी २१ औं राष्ट्रिय सम्मेलन भन्ने मूल नारा सहित आसन्न असोज २६, २७ र २८ गते झापाको विर्तामोडमा हुन गइरहेको अखिल छैठौंको २१ औं राष्ट्रिय सम्मेलनको बारेमा विशेष चर्चा गदै सम्मेलनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सम्पुर्ण विद्यार्थीहरुले सहयोग गर्न समेत भण्डारीले आग्रह गरे ।

५ नं प्रदेश सभा सांसद तारा जिसीले वर्तमान अवस्थामा भइरहेको बलात्कार तथा बालिका हत्याका विरुद्ध विद्यार्थीहरुले आवाज उठाउँदै आइरहेको र यसलाई सरकारले वास्ता नगरेको भन्दै विद्यार्थीहरुलाई जागरुक हुन आव्वाहन गर्नु भएको थियो ।

कार्यक्रम रामप्रसाल पौडेलको अध्यक्षता तथा रिसव आर्चायको स्वागत मन्तव्य र नवराज पौडेलको सञ्चालनमा सम्पन्न सो सम्मेलनमा अ.ने.कि.स.का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, रा.ज.मो जिल्ला अध्यक्ष ददिराम आर्चाय, राजमो ५ नम्बर प्रदेश सदस्य हिमलाल बाग्ले, प्रगतिशील पत्रकार संघ केन्द्रीय सदस्य माधव भाट क्षेत्री, कर्मराज थारु, मिना पोख्रेल लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भयको थियो ।
माधव भाट क्षेत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here