हातेमालो नेपाली विद्यार्थी समूहको १०औं वार्षिक उत्सव दिल्लीमा सम्पन्न

0
583

सुबास बस्नेत

भारतमा सि.ए. अध्ययनरत विद्यार्थीहरुको विकासका लागि शैक्षिक, साँस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिककार्य गर्दै आएको नमुना विद्यार्थी संगठन हातेमालो नेपाली विद्यार्थी समूह (एच.एन.यस.जी.) ले १०औं वार्षिक उत्सव यहि आइतबार इद्रप्रस्थ स्थित भारत स्काउट भवनमा भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा ९औं कार्यसमितिको बिगठन र १५ सदस्ययी नयाँ १०औं कार्यसमितिको गठन गरिएको छ । १०औं कार्यसमितिको अध्यक्षमा ९औं कार्यकालका सचिवालय सदस्य समेत रहेका सरोज सुबेदी निर्बिरोध निवार्चित भएका छन् । त्यस्तै उपाध्यक्षमा ध्रुवप्रसाद देवकोटा मानोनित भएकाछन् भने १०औं कार्यसमितिको सचिवमा रोशन कुमार यादव, सहसचिवमा सरफराज हुसैन र कोषाध्यक्षमा सुलभ लम्साल निरबिरोध निर्वाचित भएका छन् । सचिवालय सदस्यहरुमा प्रज्ञा पोखरेल, समीर भट्टराई, सन्देश न्यौंपाने, सुमित सिटौला, रबिन घिमिरे, आशीष बराल, टंक प्रसाद पन्त, सुनील श्रेष्ठ, यादव नेपाल र युवराज रिजाल निवार्चित भएका छन् ।

सरोज सापकोटा, शिविरा लामा, अशोक सापकोटा र सौरभ चौधरी रहेको चार सदस्ययी इलेक्शन समितिमका प्रमुख आयुक्त पुर्वअध्यक्ष सरोज सापकोटाको समूहले कार्यसमिति चयन गरको थियो । इलेक्शन समितिले राखेका मापदंड बमोजिम आएका नामिनेशनहरुलाई छानविन गरि एच.एन.यस.जि.को बिधान प्रकृया पूरा गर्दै दशौं कार्यकालको लागि १५ सदस्ययी कार्यकारी समितिको गठन गरिएको हो ।

त्यस्तै पब्लिक रिलेशन टीममा यस वर्षको लागि निम्न प्रतिनिधिहरु छनौट भएका छन् । लक्ष्मण अर्याल र केशव सुवेदी (शारदा विश्वविद्यालय), सुदीप सिंखडा (बैंगलोर), राजेश खत्री (मुम्बई ), रीती श्रीवास्तव (लक्ष्मी बाई कालेज, दिल्ली विश्वविद्यालय), सुजाता अधिकारी (गुरु गोविन्द सिंह विश्वविद्यालय), दिपांशिश यादव (आई. आई. टी.), सुमन ढुंगाना (पिएनसी पोखरा ला क्याम्पस), अनीश सुवेदी (डा. एपीजे टेक्निकल यूनिवर्सिटी, मेरठ), श्याम सिंह (बरेली विश्वविद्यालय) रहेका छन् ।

कार्यक्रममा विशेष अथितिका रुपमा एवरेस्ट चैम्बर आफ कमर्स एण्ड इंडस्ट्रिजका महासचिव डा. मोहन कार्की, एक्यान कोषाध्यक्ष राजु ढकाल, बीपी चिन्तन फाउन्डेशनका अध्यक्ष तथा विद्यार्थी युवा नेता सन्दीप राणा, एनआईआरसी अफ आइसिएआईका पूर्व अध्यक्ष सीए राज चावला, साउथ एसियन विश्वविद्यालयका प्रोफेसर डा. युवराज पोख्रेल, शिक्षिका तथा कलाकार श्रीमती सिंधु पोख्रेल, नेपाली जनसम्पर्क समितिका केन्द्रीय परिषद सदस्य, प्रमोद खरेल लगायतका विभिन्न सामाजिक, राजनैतिक तथा गैर राजनीतिक संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्ष स्वरुप ढुंगानाले वार्षिक वित्तीय रिपोर्ट प्रस्तुत गरेका थिए भने सहसचिव समृद्धि ढकालले वार्षिक संगठनात्मक रिपोर्ट प्रस्तुत गरेकी थिईन् । औपचारिक कार्यक्रम पश्चात भएको सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य तथा देशभक्तिमा आधारित गानहरुले कार्यक्रमको माहोल नै अत्यन्तै रमाइलो देखिन्थियो । देशमा बढ्दै गरेको सामाजिक समस्याको बिकरालरुपमा रहेको बलात्कार घटनामा आधारित गरेर तयार परिएको “नेपाल बा” एकांकीको प्रस्तुत झनै संदेशमूलक रहेको थियो । कार्यक्रमको बीच बीचमा प्रस्तुत गरिने कविता, गजल र हास्य ब्यंग्य भनाइले सुनमा सुगन्ध थप्ने काम गरिएको थियो ।

इलेक्शन समिति प्रमुख आयुक्त सरोज सापकोटाले नवनियुक्त कार्य समिति र पब्लिक रिलेशन टीमलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमको अन्त्यमा ९औं कार्यकालकी अध्यक्ष आयुष्मा अर्यालले आफ्नो एक वर्षको अनुभव र उपलब्धिहरु बारे प्रकाश पार्दै यस कार्यकाललाई सफल तुल्याउन सहयोग गर्नेआफ्ना कार्यकारी समितिका सदस्यहरु, संस्थापक सदस्यहरु, बोर्ड सदस्यहरु, आजीवन सदस्यहरु, सदस्यहरु, प्रायोजकहरु तथा शुभचिन्तकहरु प्रति हातेमालो नेपाली विद्यार्थी समूहको तर्फबात विशेष आभार तथा धन्यवाद समेत व्यक्त गरेकि थिइन ।

नवनिर्वाचित अध्यक्ष सरोज सुवेदीले बिगतका वर्षहरु झैं यो वर्ष पनि आफ्नो कार्यकालमा हातेमालो विद्यार्थीहरुको चौतर्फी विकाशमा आफु सदैब तत्पर रहने बताएका छन । कार्यक्रमको अन्तमा उपस्थित अथितिहरुलाई नि–वर्तमान अध्यक्ष आयुष्मा अर्याल, निवर्तमान उपाध्यक्ष बिबेक श्रेष्ठ, निवर्तमान सह–सचिव समृद्धि ढकाल, निवर्तमान कोषाध्यक्ष स्वोरुप ढुंगाना, वर्तमान अध्यक्ष सरोज सुवेदी र वर्तमान उपाध्यक्ष धु्रव प्रसाद देवकोटाले मायाको चिनो प्रदान गरेका थिए । यस्तै कार्यक्रममा हातेमालोको आजीवन सदस्यहरुलाई प्रमाण पत्र समेत दिइएको थियो ।

अध्यक्ष आयुष्मा अर्यालको अध्यक्षमा सम्पन्न कार्यक्रममा कविता भट्ट र नेत्र थापा सांस्कृतिक समन्वयक रहेका थिए भने औपचारिक कार्यक्रम रोशन कुमार यादव र नीर्जा बहेतीले द्वारा संचालन गरियता पनि सांस्कृतिक साँझ भने धु्रव प्रसाद देवकोटा र समृद्धि धकेलले संचालन गरका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here