विदाई समारोह सम्पन्न

0
379

कोट्टयाम, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले दुई जना जुझारु कार्यकर्तालाई समारोह बीच विदाई गरेको छ ।

जैमुनी नगरपालिका ५ सिम्ले बाग्लुंग निवासी केदारलाल केसी र गैडाकोट छ नवलपरासी निवासी भिम प्रसाद शर्मालाई सो समारोह बीच विदाई गरिएको हो । केसीले सन २००५ देखि र शर्माले सन १९९७ देखि संगठनमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो ।

वहाँहरु दुबै जनाको नोकरीबाट सेवानिवृत्त भई सदैवको लागि स्वदेश फर्किनु भएकोले विदाई गरिएको नगर अध्यक्ष धर्मराज शर्माले बताए । उहाँहरु प्रति कोट्टयाम नगर समितिले हार्दिक अभिनन्दन सहित स्वदेशी र सेवानिवृत्त जीवनको शुभकामना अध्यक्ष शर्माले व्यक्त गरे । नगर अध्यक्ष शर्माले दुबै जनालाई सल ओढाउनुको साथै नगर सचिव मनोज जिसीले संझनाको चिनो प्रदान गरि सम्मान गर्नु भएको थियो । कोषाध्यक्ष टिकाराम सुवेदीले फूलमाला लगाई दिनुभएको थियो ।

विदाई समारोह प्रेम शर्माको अध्यक्ष्ता र नारयण शर्माको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञात अज्ञात शहीदहरुप्रति १ मिनेट मौनधारण पछि रक्तिमका कलाकारहरुले गीतद्वारा स्वागत गरेका थिए । केन्द्रीय समितिका चोबनाथ शर्मा, क्षेत्रीय समितिका तुलविर राना, भद्र बहादुर श्रीष थापा, महिला विभागकी धनकुमारी केसी, विद्यार्थी विभागकी उषा शर्मा, मनोज जिसी, भवानी पाण्डे, कृष्ण प्रसाद शर्मा, लाल चन्द्र शर्मा, जंग बहादुर थापा, धन कुमारी केसी, विष्णु सुबेदी, बालिका शर्मा, धर्मराज शर्मा, गणेश परियार, तेज बहादुर सिंह, खुमा देवी शर्मा, हरी पौडेल, गंगा दत्त आचार्य, टिकाराम सुबेदी, हरी प्रसाद पौडेल, टिकाराम शर्मा, नेत्र शर्मा, नारयण शर्मा, भुमीस्वर शर्मा, उषा शर्मा र प्रेम शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भिम प्रसाद शर्मा र केदारलाल केसीले आफूहरु स्वदेश फर्के पनि गरिब सर्वहारा वर्गको पक्षमा जुझारु रुपमा संघर्षत रहने बताउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here