हैदरावाद, २८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समिति अन्तर्गत जुब्लि हिल्लस एरिया समिति भित्र रहि संगठनलाई सहयोग पुरयाउँदै आउनु भएका दीपक गुरुङ पत्नी शोकमा पर्नु भएको छ । वहाँकी श्रीमती कल्पना गुरुङको बिगत केही समयदेखि मृगौला र क्षयरोगबाट ग्रसित भै उपचार चलिरहेको थियो । उपचारका लागि जुब्लि हिल्लस एरियाका समितिको पहलमा आर्थिक सहयोग संकलन गरि मदत गरिएको थियो, तर उपचारकै क्रममा २८ अगस्त २०१८ दिन कल्पना गुरुङको दुःख निधन भएको छ ।
उत्तर नगर समितिका पशुपति शर्मा चालिसे, जुब्लि हिल्लस ए र बि एरिया समितिका मीन बहादुर थापा, धन बहादुर क्षेत्री, भुजेन्द्र केसी, कुमार बिक लगायतका कार्यकर्ताहरू को सहभागितामा दर्गाको समशान घाटमा दाह संस्कार गरिएको छ ।
वहाँको स्वदेश घर कञ्चन गाउँपालिका, छापाली टोल, रुद्रपुर रुपन्देही हो ।