श्रीगंगानगरमा एक नेपालीद्वारा आत्माहत्या

0
378
श्रीगंगानगर, ३० अगस्त । प्युठान मल्लरानी गाँउपालीका २ खरिन डाडा बस्ने लाल बहादुर थापाको छोरा सुरज थापाले राजस्थानको श्रीगंगानगरमा विष सेवन गरि आत्माहत्या गरेको समाचार छ । सुरजले २९ अगस्तका दिन साँझ करिब ६ बजेको समयमा विष सेवन गरि आत्महत्या गरेको पुष्टि भएको उनको परिवारिक श्रोतले जनाएको छ । “अस्पताल भित्र बेडमा पुर्याउदा डाक्टरले मृत घोषणा गरिदियो ।” मृतक सुरजकी श्रीमतीले भनिन् ।
             २ छोरा, २ छोरी र पत्नी सहित श्रीगंगानगरमा बस्दै आएका सुरज थापाले गंगानगर स्थित राज जिरामा कार्यरत थिए । ३० अगस्तका दिन मूल प्रवाह केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिब त्रिभुबन भट्टराइको नेतृत्वमा कृष्ण जीसी, हुम बहादुर बिक, बसन्त भन्डारी, प्रेम बिक सहितको प्रतिनिधि मण्डलले सुरजले काम गर्दैआएको कम्पनी मालिकसँग उन कै निबासमा भेटबार्ता गरेको थियो । शुरुमा मालिकले आफु कसुरबार नभएको भन्दै आनाकानी गरे पनि समाजले मानवीय क्षतिको मुल्यांकन गर्नु पर्ने र पिडीत परिबारलाई सहयोग अनिबार्य गर्नुपर्ने कुरा दृढतापूर्वक राखेपछि मालिकले नगद ३० हजार र एडभान्स लिएको ७ हजार नकाटने गरि ३७ सैतिस हजार सहयोग गरेका थिए ।
               तत्पश्चात समाजका नेता कार्यकर्ताहरु, प्रशासन र परिवारका आफन्तजनहरुको रोहबरमा सुरजको दाहासंस्कार गरिएको थियो ।
                  सुरज थापाकी श्रीमती साबित्रा थापा, छोरा सौरब थापा, संझना पुन, जनक पुन सबैको रोहबरमा मूल प्रवाहका केन्द्रीय नेता कृष्ण जीसी, त्रिभुबन भट्टराई, हुम बहादुर बि.क, वसन्त भण्डारीले पिडीत साबित्रा थापालाई ३० हजार नगद आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।
                     स्मरण रहोस्, घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्राप्त हुनासाथ केन्द्रीय समितिका सल्लाहकार तथा क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराईको नेतृत्वमा नगर समितिका श्रीगंगानगरका नेता कार्यकर्ताहरुको टोली घटना स्थलमा पुगेका थियो । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज भारतमा रहने नेपालीहरुको एकमात्र अबिभाबक संगठन हो । यो संगठनले भारतमा नेपालीहरु माथि भइपरि आउने समस्याहरु जन्म, मृत्य, पुँजीपतीहरुबाट हुने अमानबिय ब्यबहार, जस्ता बिषयहरुमा अग्रीम पंतीमा रहेर पिडीत पक्षहरूलाई सहयोग हर्दै आएको कुरा भारत ब्यापी रुपमा नौलो होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here