‘कर’ विरुद्ध रक्तिमका कलाकारहरु मुखौटामा

0
432
काठमाडौं । यतिवेला नेपाली राजनीतिक वृत्तमा कोलहाल मचिएको छ, लेखक, पत्रकार, कलाकार वा भनौं जानिफकार सबैलाई छोएको छ ‘कर’ ले । कसैले फेसबुकका भित्ता रंगाएका छन्, त कैसैले पत्रपत्रिका । कसैले आफ्ना इमिडियाहरुमा ‘कर’ शब्द चर्काएका छन् त कसैले अनलाइन साइटहरुमा त्यो कर, उ कर, यो करले भरेका छन् । एक प्रकारले भनौं नेपाली समाजमा ‘कर’ भूत जस्तै भइसकेको छ । हुन पनि यतिवेला स्थानीय निकायहरूको कर असुलीको चरित्रले तत्कालिन बाइसे–चौबीसे भूरेटाकुरे राजा रजौटाहरूको ‘छत्तिसी–बत्तीसी’ करप्रणालीलाई माथ खुवाएको छ ।
                  यस्तैमा रक्तिम परिवारका हेमराज आश्रम र कमल प्रभातको ‘कर कर कर’ले काठमाडौंको सड्क तताएको छ । मुखौटा लगाएका काल्पनिक भूत जस्ता देखिने कलाकारहरुको यो अभिनय देख्दा ‘कला’ शब्दलाई नै झगझगाई दिन्छ ।
कला शब्द यति धेरै व्यापक छ कि विभिन्न विद्वानका परिभाषाहरु केवल एक विशेष पक्षलाई छोएर जान्छ । खासगरी कलाको अर्थ सम्पूर्ण क्रियाहरुलाई भनिने दावा पनि कैयौं विद्वानहरु गर्दछन् । कला एक प्रकारको कृत्रिम निर्माण हो, जसमा शारीरिक र मानसिक कौशलताको प्रयोग हुन्छ ।
टालस्टायको शब्दमा भन्नु पर्दा आफ्नो भावहरुको क्रिया रेखा, रंग, ध्वनि वा शब्द द्वारा अभिव्यक्त गर्नु, उसलाई देख्नु या सुन्नुमा पनि त्यही भाव उत्पन्न हुन्छ । हृदयको गइराईबाट निक्लिएको अनुभूति र भावले जब कलाको रूप लिन्छ । चाहे त्यो उसको लेखन वा अरु कुनै माध्यम या भनौं सुरको पुकार वाद्य वादनको झंकार ।

                    स्वर र संगित हेमराज आश्रमको रहेको सो ‘कर कर कर’ बाक्यांशको कलाले संगीतको रूप लिएको छ । गायन र वादनबाट श्रोता र दर्शकहरुलाई अभिभूत बनाएका छन् रक्तिमका कलाकारहरुले । जब सशस्त्र संघर्षको युद्धस्थलमा होमिएका रक्तक्रान्ति वीरहरुको उमंग, जोश र उत्साह प्रदान गर्ने प्रकारका कविता, गान प्रस्तुत गर्ने रक्तिमका कलाकारहरुले राजधानीको गल्लिगल्लिमा ‘कर’को विरोधमा सड्क नाटक प्रस्तुत गर्दैगर्दा, ‘कर’ वृद्धि विरुद्धमा उत्रिका आन्दोलनकारीहरुको उत्साह दोगुना भएको छ ।
तात्कालिन बाइसे–चौबिसे राज्यहरुले लिनेगरेका ५६ प्रकारका कर ‘छत्तिसी–बत्तीसी’ वा भनौं ‘दहत्तर–बहत्तर’ यतिवेला नेपाली जनताले फेरी भोग्नु परेको छ । त्यही पिडालाई रक्तिमका कलाकारहरुले गीत, संगित र अभिनयबाट जनता माझ पुर्याएका छन् ।
कर कर कर
स्वर / संगीत : हेमराज आश्रम ,
रचना : हेमराज आश्रम र कमल प्रभात

अण्डामा कर, कुखुरामा कर, भालेमा कर, पोथीमा कर
भैसीमा कर, राँगामा कर, गाइमा कर, गोरुमा कर
वारीमा कर, खेतमा कर, हलोमा कर, कोदालोमा कर
हँसीयामा कर, बञ्चरोमा कर, नाम्लोमा कर, दोकोमा कर
कर कर कर कर, करकरकरकर करकरकरकर
यो कर काँ जान्छ सरकार…………?
उठे पनि कर, वसे पनि कर, हीँडे पनि कर, सुते पनि कर
रोय पनि कर, हाँसेपनि कर, गाए पनि कर, नाचे पनि कर
ठेलामा कर, साइकलमा कर, रीक्सामा कर, वाइकमा कर
टेम्पोमा कर, कारमा कर, भ्यानमा कर, बसमा कर
कर कर कर कर, करकरकरकर करकरकरकर
यो कर काँ जान्छ सरकार…………?
फर्सीमा कर, भीन्टीमा कर, आलुमा कर, पीडालुमा कर
अम्बामा कर, मेवामा कर । स्याउमा कर, सुन्तलामा कर
जन्मदा कर, स्कुल जाँदा कर, विहे गर्दा कर, छोरो पाउँदा कर
लाहुर जाँदा कर, फर्किदा कर, बुँढो हुदा कर, मर्दा कर
कर कर कर कर, करकरकरकर करकरकरकर
यो कर काँ जान्छ सरकार…………?
विस्तारै हाँसेकर, अली अली हांसेकर, ठीक्कको हांसे कर, वेस्सरी हाँसेकर
विस्तारै रोय कर, अली अली हाासेकर, ठीक्कको हाँसेकर, वेस्सरी हाँसेकर
मोजमा कर, जुत्तामा कर, कट्टुमा कर, पाइन्तमा कर
गन्जीमा कर, कमिजमा कर, टोपीमा कर, घडीमा कर

कर कर करको विडियो हेर्नको लागि तल हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here