- जुना चालिसे (चंडीगढ)
सुन्नु होला दिदीवहिनी सुन्नुहोला दाजुभाई ।
महिला नगर विभागको स्वागत सवैलाई ।।
एकरथका दुइ पांग्रा नारी पुरुष समान ।
दुई हजार पचहत्तर तीजको शुभकामना ।।
मूल प्रवाहको झण्डा मुनि गोलवन्द भएर ।
उठौं जुटौं नारी हामी एकजुट भएर ।
राम्रो काम गर्नुपर्छ देशको भलो हुने काम ।
तब मात्र इतिहासमा लेख्न सक्छौं नाम ।।
जन्मेदेखि नारी हामीलाई शोषण र दमन ।
गरौ कुरा अधिकारका हुन्न नारी सहन ।।
आधा आकाश आधा धर्ती ओगटेका हामी हौं ।
मौका पाए देशको मुहार हामीले फेर्ने छौं ।।
पढाई लेखाइ अंश लाउँदा हाम्लाई पछि पारियो ।
देशको विकास गर्ने ठाउँमा पछि सारियो ।।
सगरमाथा शिखरमा पुगे हेर नारी हो ।
अन्तरिक्ष पुगिसके कैयन धेरै नारी हो ।।
गयो चलन सतिजाने गयो घुम्टो ओडनेको ।
विचमै खुट्टा नतान है नारी अघी बढनेको ।।
मन्दिरमा देवी भनि गर्छन पुजा नारीको ।
इज्जÞत र सम्मान छैन ज्युदा हामीको ।।
भाषणमै चेलीलाई हकको कुरा गरिन्छ ।
घरघरमै शोषण दमन हाम्लाई गरिन्छ ।।
शोषण दमन भएको छ चेली तिम्ले हेरिदेउ ।
छोराछोरी फरक देख्ने सोंचलाई फेरीदेउ ।।
भन्दा खेरी भनिन्छ है पृथ्वी नै आमा हुन् ।
उहि ठाउँका सन्तान अब किन फरक हुन् ।।
क्रान्ति त्यसै आउँदैन लडन हामी पर्ने छ ।
होइन भने पुँजीवादले राज गर्ने छ ।।
जनताको रगत माथी होली खेल्ने पुँजीवाद ।
ल्याउनै पर्छ नारी हामीले जनवादी राज ।।
दलित, महिला, गरिव हामी सबै जुटेर ।
माक्र्सवादी नारा लगाउँ नारी अब उठेर ।।
शान्ति होला जनतालाई संघीयता फालेर ।
हिडछांै नारी पक्कै एकदिन राको वालेर ।।
शोषण र दमनको गर्नै पर्छ सामना ।
यो गीतलाई अन्त गर्छु लालसलाम ।।