मिदम आचार्य, कोरिया
म यति बेला थाइल्याण्डको राजधानी बैंकक अन्तर्राष्ट्रिय बिमानस्थलमा छु्र, कम्पनीको बिशेश कामले । यति सजिलै म जस्तो कुल्ली ३ दिने भिषामा थाइल्यान्डको भुक्के टुरिस्ट बनेर जाउँला भनेर विद्या नस्ट आमाको गर्भमा पनि सोंचेको थिएन । तर अजिङ्गरको आहारा दैबले जुटाउने रैछ, आखिर जता गए पनि शिसै शिसा, हिड्दा हिड्दै चिप्लिएर लडिएला जस्तो भुइँ । त्यो भन्दा अझै राम्रा थाइ केटीहरु । चटक्क पारेर काटेको कपाल, हाम्रो देशको हिमाल जस्तै अग्ला बक्षहरु अनि आमाले हिउँदमा अर्नि खान साँचेका कबेली जस्तै नितम्ब । २ मिनेट त म शिरदेखि पाउसम्म हेर्दै अल्मलिए छु्र । अनि दायाँ बायाँ हेर्न थाले, ला ! ख्वाजे त एक्लै २०० मिटर जति पर पो पुगेछ मार्ने भो भोटेले मुखबाट एक्कसी यो शब्द निस्कियो ।
यसै पनि कोरियनहरु बुलेट ट्रेन जस्तै कुदि रहन्छन् । जनवरी फस्ट जाडोको सुइ माथी चड्दो थियो । मैले परार साल कोरिया आउने बेला किनेको नर्थफेस ज्याकेट, कटनको पाइन्ट र नाइक जुत्ता लगाको थिएा, तर ती थाइहरु बाबै केटा कुर्कुच्चासम्म आउने ज्याकेट अनि केटीहरु शरीरको तल्लो भागमा लुगा लगाए बाबत सरकारलाई अतिरिक्त कर तिर्नु पर्छ जसरी, भिड बाक्लो थियो ।
भिड भित्रै मैले ख्वाजे र ख्वाजेले मलाइ खोज्न थालिएछ । पहेलो जोगि रङ्गको टोपी लगाको ५ फुट ४ इन्चको अग्लो । मान्छे परैबाट देखेपछि म त्यतै तिर कुदो । ‘डर तो नहि लाग्ता है, लेकिन थुर्थुरी होता है’ भन्ने हिन्दी उखान सम्झिएँ । म एकैछिन थाइल्याण्ड छु भन्ने नै भुलेछु्र ।
झ्याप्प दिमागमा आयो प्रधानमन्त्री शेर बहादुर देउवाले महाकाली सम्झौता गर्ने बेला थाइल्याण्डको मसाज सेन्टरमा सांसदलाई पठाएर सम्झौता पास गराएको थिए रे । अनि फेरि सम्झें पारश शाहले यतै झन्डै घरबार गरेका थिए भनेर । नाकमा सिगान चुहिन थालेदेखि छेराउटी लाग्दा समेत नेपालका नेता आउनी देशमा पुग्न पाउँदा आफैलाई धन्यवाद केटा भने । मनमनै एक बारको जुनि हो महाकाली सम्झौता पास गर्ने शक्ति दिने थाइ मसाज मै पनि छिरौ कि के हो ? अनि फेरि लाग्यो ह्या मैले के सम्झौता गर्नु छ र थाइ मसाज गर्नु । सानोमा आमाले अगेना छेउ राखि न्यायो साप्रोमा सिरानी बनाई बाबू काने कुर्व गरेको तेल धसेको जस्तै त पक्कै हुन्न होला ।
मैले काम गर्नी कम्पनीमा पनि थाइल्याडका ३ केटि र २ केटा छन् । पोहोर साल सल्नालमा उनिहरु हिउँमा लडिबुडि गरेर हिउँ खेले, मलाई बोलाएनन् । अघि पछि खुब चाख गर्थे तर त्यति बेला नबोलाए देखि रिस उठिराको थियो । बिमानस्थलमा गएर कसैके नदेख्ने गरि घर ३ चोटि थुथु गरेर थुकेर मन शान्त पारे । यो पाली बोलाउन पनि किन बोलाउन कोरिया आउँदाको साल सबैले तेरो देशमा नुन (हिउँ) आउँछ ? भन्दा ठूलो बन्न में र मार्चसम्म पनि पर्छ भनी हालें । नभनु पनि कसरी म सगरमाथाको देशको मान्छे हुँ, भनेर कम्पनी पार्टीको अन्तिममा छाती हानी सके ।
ख्वाजे आफ्नै सुरमा, म आफ्नै सुरमा हिड्दै थियौं अलि पर ढाका टोपी र दौरा सुरुवाल लगाको एक्जना नेपाललाई धेरै माया गर्ने जस्तो मान्छे आउँदै गरेको देखेँ । बिचरा देशको चिन्ता, शोक, दिन रातको हपारी धपारीले होला चाउरिएको मरिच जस्तै गाला, महेन्ऽ गुफा भित्र लुकेका सिला जस्तै आँखा, हप्ता दिन उधैउभै भए जस्तो ज्यान, अझै भन्नू पर्दा छेरौटीले सताएको रोगी जस्तै मान्छेसँग भेट भयो । १२ घण्टा फलाम शीत खेल्दा पनि म रसिलो देखिन्थें तर सुरुवाल वाला मान्छे विद्या नस्ट १५ दिन खाडलमा राखेर निकाले जस्तो । म केहि नजिक सरेर बोल्ने आट गरें । यसै त बिदेशको ठाउँ, तिब्बत र बिहार तिरको भने पनि नजिक कै लाग्ने । त्यसैमा झन् दौरा र ढाका टोपी लगाको देखेसी नेपाली बाहेक अरु सोंच्नी कुरै भएन । म हेर्दै नेपाली लाग्ने २० बिसा १० जति उमेर भएका ती ब्यक्तीको नजिक पुगेर बोल्न खोजें ।
म: बुवा नेपाली हो ?
उत्तर आयो
माका फुइ के यसरी ढाका टोपी र दौरा सुरुवाल लगाउनी बिहारी हुन्छन र ?
एकछिन नबोलि फेरि सोधें हजुर को नाम के हो बुवा ?
फेरि कडकिदै भने माका फुइ सारा विश्वले चिनेको जापानको पत्रीकामा समेत फोटो आएको मान्छेलाई नचिन्ने तिमी बिखण्डनकारी, लम्पसारबादी, बिदेशीका गुलाम, बिकाश बिरोधी हौ । म सामान्य छेरौटी लागेर पो बिदेश उपचार गर्न आएको ठुलै रोग लागे त देश मै उपचार गराउथें नि । सुल्सुले रेल चलाउनी कुरो गरेको देशी बिदेशी षडयन्त्रकारीहरुले मैलाई नै सुल्सुले चल्नि बनाइ दिए ।
यति भनेसी मैले भने जय स्वाभिमान हजुर त कम्रेट केपि ओलि पो हुनुहुदो रैछ । एक्कासी कम्रेडको अनुहारमा कान्ति छायो र मुठ्ठी उठाउँदै भन्नू भो । लालसलाम काम्रेड । सामान्य छेरौटी लागेर मात्र बिदेश आको नत्र ठूलो रोग लागे त देश मै उपचार गराउछुनि । म खिस्स हासेर आफ्नो बाटो लागें ।